विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कस्टम यार्ड पुनः निर्माणको लागि आदेश दिन जिल्ला प्रमुखलाई ज्ञापनपत्र

कस्टम यार्ड पुनः निर्माणको लागि आदेश दिन जिल्ला प्रमुखलाई ज्ञापनपत्र

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
असोज २,
बिराटनगर महानगरपालिका १८ बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि उक्त कम्पनीलाई निर्देशन दिनुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनल लिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै निम्न स्तरको सामग्री प्रयोग गरेर बनाएको कस्टम यार्ड वर्षदिन नबित्दै भत्किएको सामाचार विभिन्न पत्रपत्रिकामा आएपनी स्थानीय सरकारले चासो नदेखाए पछि आज ज्ञापनपत्र बुझाएको सिमान्चल मैत्री संवाद समुहको संयोजक राजेश कुमार शर्माले बताउनु भयो।

उहाँले सार्वजनिक हित तथा महत्त्वको बिषयवस्तु भएको हुनाले भबिस्यमा त्यसको संरचनाबाट कुनै किसिमको भौतिक तथा मानवीय क्षति नहुनदिन स्थलगत निरिक्षण गरि उक्त निर्माण कम्पनीलाई पुनः निर्माण गर्न निर्देशन जारिगर्न ज्ञापनपत्र बुझाएको बताउनु भयो।
शर्माले कस्टम यार्ड निर्माणमा लाखौंको हिनामिना भएको हुनसक्ने आशंका समेत व्यक्त गर्नु भएको छ।उक्त ज्ञापन पत्र दीदा मैत्री संवाद समूह का गंगा प्रसाद यादव, आशा सरदार,चुरा ठकुरी,निमेश पोखरेल ,संजय मगर सहित अन्य को उपस्थिति थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed