विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

विश्व प्रसिद गढिमाई मन्दिरमा दर्शनार्थीको घुईचो

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा । 

विश्व प्रसिद्ध गढिमाई मन्दिर सदरमुकाम कलैया उप-महानगरपालिका बाट ७ किलो मिटर पुर्वमा गढिमाई नगरपालिका बरियारपुरमा अवस्थित रहको छ । गढिमाई मन्दिर विश्वमा धार्मिक र पर्यटकिय रुपमा प्रसिद्ध स्थलको रुपमा रहेको छ । गढिमाई मन्दिर विश्वमा नेपाल देशलाइ पनि चिनाउने काम गरेको छ । दशैमा गढिमाई मन्दिरमा दर्शनार्तहरुको घुईचोले मेला नै लाग्ने गरेको छ । दशैमा देविहरु मध्ये माता गढिमाईलाई पुजा अर्चाना गर्न देश लगायत भारतको विहारबाट समेत दर्शनार्थीहरु दर्शन गर्न आउने गरेका छन ।

दर्शनार्थीहरुको लागि नगरपालिका तथा गढिमाई विकास समितिको सहयोगमा खानेपानी, शौचालय लगायतको व्यावस्था गरिएको छ । मन्दिरमा टायल्स मार्वल जडान गरि सरसफाईलाई व्यवस्थित गरिएको छ । मेलामा हुने चोरी पैठारी रोक्न र दर्शनार्थीहरुको सुरक्षाको लागि मन्दिर परिसरमा ८ भन्दा बढि सिसिटिभि क्यामरा जडान गरिएको छ । गढिमाई मन्दिरमा दर्शन गर्न आउन बाटोघाटो पक्की भएकोले पहिला भन्दा एकदमै सहज भएको काठमान्डौबाट दर्शन गर्न आएका कृष नेपाल बताउछन ।

Prasauni holi 2082
karaiya holi 2082

मन्दिरमा पनि दर्शनार्थीहरुलाई घाम नलागोस भनेर सेड बनाईएको छ भने खानेपानी तथा शौचालयको व्यवस्था एकदमै राम्रो भएको बताउछन । बाटोघाटो राम्रो भएकोले गढिमाई मन्दिर दर्शन गर्न आउने सहज भएको राजन कुमारले बताएका छन । समितिले मन्दिरमा सरसफाई शौचालय,खानेपानीको व्यवस्था राम्रो गरेको छ । व्यवस्थित लाईनमा लागाएर दर्शन गर्न व्यवस्था मिलाएको छ । समितिले दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सेड, टायल्सको व्यवस्था गरेको राम्रो छ ।

सुरक्षाको लागि सिसिटिभि जडान गर्नु राम्रो रहेको विरगज निवासी निर्मला श्रेष्ठ बताउछिन । केन्द्र सरकारले करिव १७ करोड रकम विनियोजन गरेकोमा धन्यवाद गर्दै विभिन्न सँघ संस्था दातृ निकायहरुलाई गढिमाई मन्दिर तथा विकास समितिको खातामा सहयोगको अहवान समेत गढिमाई मन्दिर सञ्चालन तथा विकास समितीका अध्यक्ष मोतिलाल साहले गरेका छन । गढिमाई मन्दिरमा देश विदेशमा रहेको सवैले सहयोग गरे मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सहयोग हुने बताए ।

गढिमाई मन्दिरमा प्रदेश सरकारको लगानिमा धर्मशाला निमार्ण हुदै छ । पञ्चवर्षिय गढिमाई मेलामा दर्शन गर्न आउने दर्शनार्थीहरुको बास बस्नको लािग वाटर पुफ्र पण्डाल निमार्ण गरि सेवा दिईने बताए । टाढा टाढाका भक्तजनहरुलाई मेलामा कुनै किसिमको दुख नहोस भनेर १६ स्थानिय तहमा समन्वय गरि मेलाको तयारी गरिरहेको बताए । मेलामा कुनै किसिमको अप्रिय घटना नघटोस भनेर नगरपालिकाको सहकार्यमा सिसिटिभि जडान गरेको गढिमाई मेला तथा विकास समितिका सहसचिव सोनालाल साह बताउछन ।

पञ्चवर्षिय गढिमाई मेला मसिर महिना देखि लाग्ने भएको छ । जसमा देश विदेशबाट करोडो दर्शनार्थीहरु मेला भर्न आउने गरको छन । पाडा, भैसी, बाख्रा, परेवा, हास लगायतको जिवजन्तुहरुको बलि दिईने गरेको छ । एसिया मै सवभन्दा बढि बलि गढिमाई मन्दिरमा मसिर १७ गते दिईने भएको छ । करिव डेढ करोड दर्शनार्थीहरु यसपालिको मेला भर्न आउने अनुमन गरिएको बताए । 

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed