विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३३ लाख ९० हजारको भन्सार छलिका कपडा सहित तीनजना पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

यही असोज १९ गते अन्दाजी ३३ लाख ९० हजारको समान छलीका कपडा सहित तीनजना पक्राउ परेका छन् । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याईएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय सिम्रौनगढ बारा बाट पक्राउ गरिएको छ । दिउँसो १२ बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडानम्बर ६ सानो इटवाल टोल स्थित मोजाहिर मियाको घरमा डेरा कोठा लिई बसेका व्यक्तिहरुले भारतबाट पाँच वटा मोटरसाइकलमा अवैध रुपमा समान छली चोरी पैठारी गरी ल्याएका कपडाहरु डेरा कोठामा स्टोर  गरिराखेको र  केही कपडाहरु मोटरसाइकलमै लोड गरी राखेको अवस्थामा पक्राउ गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

इलाका प्रहरी कर्यालय सिम्रौनगढ बारा बाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी उक्त मूल्य बराबर रहेको समान हरु मध्ये कुर्ता-सुरुवाल बच्चाको सुट, पाइन्ट, सर्ट, साडी, सेन्डो लगायतका विभिन्न किसिमका कपडाहरु बरामद गरिएको छ । ठूलो बोरामा १२ बोरा मध्ये ९ बोरा BR 05 M 2030, BR 05 E 6735, BR 05 F 6711, BR 05 F 875, बा ५८ प् २२३ नम्बरको मोटरसाइकलहरुमा लोड गरी राखेको र १३ बोरा डेरामा डेरा कोठामा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरिएको छ ।

बरामद गरिएको सामानहरुको मुचुल्का साथ् उक्त चोरी पैठारी कार्यमा संलग्न उल्लेखित तीन जना मानिसहरु समेत पक्राउ गरी भन्सार एन अनुसार आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय विरगंज पठाइएको छ । बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका वाड नम्बर ५ बस्ने गेना लाल राय यादवको छोरा वर्ष ३४ को रामरतन यादव, गेना लाल राय यादवकै छोरा बर्ष २९ को जयमंगल प्रसाद यादव र सोही ठाउँमा बस्ने बैनाथ तिवारी को छोरा वर्ष ४५ को हेमचन्द्र तिवारी लगायतकाहरुले पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले पत्रकार समेलन गरि जनाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed