CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विदेशबाट फर्केर हाँसपालन व्यवसाय सुरु गरेःयुवा साह

फेटा GP PSA
632
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज २६ गते । ५ बर्ष सम्म बैदेशिक रोजगार गरी फर्किएका सिरहाका एक युवकले हाँस पालन व्यवसाय सुरु गरेका छन । हाँस पालनबाट सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ६ का युवा भोगिन्द्र साहले सम्पूर्ण खर्च कटाएर मासिक १ लाख आम्दानी गर्ने गरेका छन् ।
आफ्नै जमिनमा गत असार बाट व्यावसायिक हाँस पालन सुरु गरेका साह मासिक १ लाख देखि २ लाख कमाए पनि हाँसको दाना तथा कामदारको ज्याला कटाएर पनि कुनै महिना ५० हजार हुन्छ भने कुनै महिना १ लाख आम्दानी हुने बताउँछन् । उनको फाराममा पहिला १ हजार ५ सय हाँस थिए । साहको फाराममा अहिले २ हजार हाँस छन् । उनी दैनिक सरदरमा आफ्नो फारामबाट दैनिक सरदरमा १ देखि २ सय अन्डा उत्पादन हुने बताउँछन् । सो अन्डा २० रुपैयाँको दरले होलसेलमा बिक्री हुने गरेको छ ।
जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने भोगिन्द्र साहले मासिक रूपमा ५० हजार देखि एक लाख सम्म आम्दानी गरिरहेको बताए । अन्डा बेच्न कुनै समस्या नभएको र कहिलेकाहीँ माग पूरा गर्न पनि कठिन पर्ने उनको भनाइ छ । व्यावसायिक रूपमा हाँसपालन गर्न सुरुमा भेटेरिनरीको समस्या रहेको थियो तर बिधुतको समस्या रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश