विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छ्ठ पुजामा मधेशी सहिद परिवार लाई मजविस द्वारा मात्र सहयोग

सिम्रौन्गढ़ नपा psa

बारा, कलैया ।

छ्ठ पुजामा मधेशी सहिद परिवार लाई मधेश जनविद्रोह समिति द्वारा मात्र सहयोग पाएको मधेशी सहिदका परिवार जनहरुले जनाएका छन। मजविसले हरेक वर्ष झै यस वर्ष पनि आफ्नो मधेशको रितिरिवाज परंपरा र धार्मिक आस्थाका माहा पर्वको दिन आफ्नो आफन्त गुमाएको पीडा वाड्नुको साथै मधेशीको अधिकार जिवंत राख्ने उदेश्यले यस्ता पुन्यको कार्य गर्दै आएका छन ।


मधेश र मधेशीको एक ठूलो रिवाज हुन्छ एकअर्कालाइ सहयोग गर्ने हुन्छ तर हालमा यता संघिय लोकतान्त्रिक गणतन्त्रमा हाम्रा देशका कर्णाधार नेताहरुले मधेशको रिवाज होस वा मानवता, सबै गुमाए र आफ्नो स्वार्थमा मात्र समर्पित कार्य गरेकोले हाम्रो देश नै सखाप हुने कागारमा पुगेको मधेश जनविद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हरेक पर्व त्यवहारमा मधेशी सहिद परिवार जनलाइ घर-घरमा गएर पर्वत्यवहारमा लाग्ने सामग्री हरुको साथमा महान सहिदका आफन्त संग दु:ख र पीडा साटासाट गर्ने गरेका छन।

Karaiya Mai Notice Winter

समितिका के.स. पटेलका अनुसार सांसद वा बिधायक जस्ले पनि मधेशी सहिदको रगतमा आफ्नो जिवनको रोटी सेक्ने काममात्र गरेको आरोप रहेको छ। हरेक छठ पर्वको बेलामा मात्र सरैसवा नदिको बारेमा आवाज उठाएर हरेक उधोग व्यवसायी संग मोल तोल गरि देखावा गर्ने गरेको पटेलको आरोप रहेको छ।


अन्यथा अरु दिनमा ती उधोग कलकारखानाको फोहर उक्त खोलामा जानू पर्दैन भन्ने बारेमा कसैले कुनै पहल नगरी उतिकै मुखमा ताल्चा हानेर बसेका हुन्छन । तर आफू चर्चामा आउनका लागि मात्र विभिन्न प्रकारका क्रियाकलाप गर्ने नाटक मात्र गरेको पटेलले आरोप लगाए।

खर्नाको दिनदेखी जसरी पनि हरेक कलकारखानाहरु बन्द हुने गर्दछ र उक्त खोलामा ती कुनै फोहर न गैइ बन्द भएको हुन्छ र ततपस्चात फेरि त्यही अवस्था रहेको सर्वविदित नै रहेको पटेलले बताए।


भने अर्को कुरा जसको रगतको बलिदानीले आफू सत्ताको कुर्सीमा बसि उनिहरु लाई नै वेवास्ता गर्दै उधोगी व्यवसायीहरुको सहयोगमा नै आफ्नो भोट बैन्क बनाउने उदेश्यले आ-आफ्ना नेताकार्यकर्ता हरु लाई पुजासामग्री तथा लत्ता कपडा वाड्ने गरेको पटेलको भनाइ रहेको छ।

२०७२ को मधेश आंदोलनमा शहादत प्राप्त गरेका शहीद तथा घायल परिवारमा मधेश जनविद्रोह समिति द्वारा छठ पूजाको सामग्री सहयोग गरेका छन । पूजा सामग्री फल फूल, लता कपड़ा, आटा, तेल, सर्फ, साबुन, केस तेल, चुरी, दूध, बतासा अन्य सरसमान विभिन्न सहयोगी दाताहरु बाट लिएर हस्तांतरण गरेका छन। पछिल्लो तीन वर्ष देखि समितिले पर्साका शहीद धर्म राज सिंह, घायल उपेंद्र यादव ,पनालाल यादव, मुनसि पटेल, बाराका शहीद भोला साह, दीनानाथ साह लगायतका गरमा पुगी सहयोग गरेका छन।

तयस्तै छठ पर्वको भोलि पल्ट बारा कलैयाका शहीद हिफाजत मियाको घरमा बायन (कोसेली) को रूपमा दिने गरेको पटेलले बताए। सामग्री बितरण कार्यक्रममा समितिका के, विश्व हिन्दू महा संघका के. सचिव अभिषेक तिवारी सहित सञ्चार कर्मी मुन्ना ठाकुर, गणेश जी, राजेश पाल लगायतका अन्य सदस्यहरुको सहभागिता रहेकोे थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed