CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोरङ्ग कारागारमा महिला कैदीबन्दिको संख्या बढदै

मोरङ्ग कारागारमा महिला कैदीबन्दिको संख्या बढदै

मोरङ्ग कारागारमा महिला कैदीबन्दिको संख्या बढदै

फेटा GP PSA
1,593
सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
मोरङ्ग कारागारमा कर्तव्य ज्यान , लागू औषध र बहुविवाह मामिलामा सजाय पाएका महिलाको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।
अघिल्लो वर्ष भन्दा यो वर्ष महिला कैदीको संख्या झन्डै दोब्बर भएको छ। कर्तव्य ज्यानमा महिला पुरुष गरि जम्मा १२६ जनामा कर्तव्य ज्यानका मुद्दामा १८जना कैदी र १२ जना थुनुवा गरि ३०जना महिला रहेको छ। लागू औषध कारोबारि मुद्दामा ११ कैदी र ४ थुनुवा गरि १५ जना महिला र १८० पुरुष रहेको छ। बहुविवाह मुद्दा तर्फ ३ कैदी र ६ थुनुवा महिला र २२ पुरुष रहेको छ।
मोरङ्ग कारागार कार्यालयमा अहिले ७ नाबालक सहित ९१ महिला र ७९९ पुरुष गरि जम्मा ८९७ कैदि बन्दि रहेको छ।
निमित्त जेलर राम प्रसाद पोखरेलका अनुसार अहिले बिशेश गरेर कर्तव्य ज्यान , लागु औषध र बहुविवाहको मुद्दामा दैनिक ३-४ जना कैदी र थुनुवा आउने गरेको बताउनु भयो।
कारागारमा पुरुष सेल तर्फ २५० जना कैदि अटिने क्षमता रहेको ठाउँमा ८०० त्यसै गरि महिला सेलमा ५० अटिने क्षमता भएको ठाउँमा ९८ जना महिला र बच्चा गरि खदिएर राख्नु परेको पोखरेलले बताउनु भयो।
जेलरले म आएको जम्मा तीन महिना भयो ३ महिनाको दरमियानमा खासै कुनै समस्या छैन भन्दै जेल भित्रको अब्यवस्था र व्यतिथिलाई लुकाउन खोजनु भयो।
अनाधिकृत व्यक्तिहरुको प्रवेश ,धाक धम्की र कैदी जीवन बिताई रहेका कैदीहरुबाट गरिएको मांगले कारागारको ब्यबस्थापन कस्तो छ यसलाई उदाङ्गो पारेको छ।
कारागारमा महिला कैदीहरुको समस्याको बारेमा कैदी संग कुरा गर्न खोज्दा कारागारको कर्मचारीको उपस्थितिमा महिला चौकिदार संग भेटाउदा उहाँले जेल भित्रको समस्याको बारेमा केही बोल्न चाहेन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश