विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भाइहरु लाइ पोलमा बाँधी गुनगा दाइ लाइ अपहरण

सिम्रौन्गढ़ नपा psa

बारा,फाल्गुन ०९ ।। बाराको कलैया उप–महानगरपालिका १३ बलिरामपुरबाट गए राति एक जनाको अपहरण भएको छ । बोल्न नसक्ने र सुन्न पनि नसक्ने स्थानिय मनोज साहको अपहरण भएको क.उ.न.पा १३ का वडा अध्यक्ष राजन प्रसाद कुर्मीले बताए ।

शितलपुर मठ चौकमा रहेको ग्रीलको पसल बन्द गरी घर तर्फ आउने त्रममा राति करिब ९ः३० बजेको समयमा करिब १५-२० जनाको समुहमा अपहरणकारीहरुले मनोजका दाजुभाई सरोज साह र उमेश साह लाई गहुबारीमा रहेको विजुलीको पोलमा बाँधेर जेठो मनोजको मात्र अपहरण गरी लगेको वडा अध्यक्ष कर्मीले बताए । बाँधिएका दुवै जना जसोतसो गरि  छुटेर फोन मार्फत राति गाँउघरमा जानकारी गराएका थिए । दुबै दाजु भाइ लाई कुटपिट गरि टाउको फोडि दुटै हाथ समेत भाचेका छान।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अपहरणकारीले बाँधिएका दुवैलाई प्रशासनमा गए तिम्रो दाई मनोजलाई मारिदिन्छु भनि धम्की समेत दिएको र आफुलाई कुटपिट गरी घाइते बनाएको मनोजका भाई सरोज साहले बताए । घाइते दुवैको उपचार विरगंजको नेश्नल मेडिकल कलेजमा उपचार भइरहेको छ । मनोजका छिमेकी सँग जग्गा विवाद रहेको र उनले नै अपहरण गराएको अशान्कामा पहरीले छिमेकी सोनालाल महतोलाई सोधपुछका लागी हिरासतमा राखेको छ ।

अपहरणकारीले के कति कारणले अपहरण गरेको हो भन्ने थाहा हुन नसकेको र केहिलाई समाती अनुसन्धान भैरहेको तथा अपहरणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed