विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पार्टीमा शेखर कोइरालाको कुनै योदान नरहेको भन्दै कटाक्ष

सिम्रौन्गढ़ नपा psa

बीरगंज, फाल्गुन ०९।।  वीरगञ्जमा बुधबार आयोजित जिल्ला स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप लगाएका हुन् ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारप्रति अक्रोश पोखेका छन् । पार्टीको सभापति कोइराला परिवारकै हुनुपर्ने गलत मानसिकता बोकेर शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप सभापति देउवाले लगाएका छन् ।

Karaiya Mai Notice Winter

कांग्रेस जनताको पार्टी भएको भन्दै देउवाले कोइराला बाहेकको व्यक्ति सभापति भएपछि कोइराला परिवार बौलाएको टिप्पणी गरेका छन् । उनले पार्टीमा शेखर कोइरालाको कुनै योदान नरहेको भन्दै कटाक्ष समेत गरे । ‘उनी कहिले जेल गए, के योगदान छ पार्टीमा’ देउवाले भने, कोइराला भन्ने बित्तिकै हुन्छ ?’

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनले आफ्नो ओठको खत देखाउँदै भने, ‘मण्डलेले त्यसबेला झण्डै मारेका थिए । हाम्रो टाउको फुट्दा, जेल जाँदा शेखर कोइराला कहाँ थिए ?’  आफूहरु जेल बस्दा र टाउको फुटाउँदा शेखर कोइराला भाइस चान्लर बनेर सुविधा दोहन गरेको आरोप देउवाले लगाए । कोइराला परिवारका अहिलेका व्यक्तिहरु २०४६ सालको परिवर्तनपछि राजनीतिमा देखा परेर सुविधामात्र उपयोग गरेको आरोप देउवाले लगाए । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed