विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अध्यक्ष अकलेश साह को विशेष पहलमा ३० लाखको बजेटबाट बिधालय भवनको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

वीरगंज ।

वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आज नयाँ भवनको शिलान्यास गरिएको छ । तिनकोठे भवनको नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने हुदाँ शिक्षाको बिकाशमा ध्यान दिन सवैलाई आग्रह गर्नुभएको थियो । ओबिसी पर्साका अध्यक्ष समेत रहेका नेकपाका युवा नेता अकलेश साहकाे पहलमा तराई मधेश समृद्धि अभियान अन्तर्गत आएकाे ३० लाखको लागतमा सो भवन निर्माण हुन लागेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले वताउनु भयाे ।

उहाँले ३० लाख रकमबाट तिनकोठे नयाँ भवन निर्माण र अधुरो भवन मर्मत गर्न लागिएको जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा नेकपाका नेता बिचारी प्रसाद यादव, वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अंसारी, प्र्रदेश कमिटी सदस्य बाबुराम कौशिक, जिल्ला कमिटी सदस्य अमल यादव, बसरुदिन अंसारी, ताजुदिन अंसारी, राजु बैठा, सचिव बिश्वमर शर्मा, युवा नेता अकलेश साह लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा भवन निर्माणको लागि बजेट ल्याउन सहयोग गर्ने नेकपाका नेता एवं संबिधान सभा सदस्य बिचारी यादव, युवा नेता अकलेश साह, वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्य लालबाबु यादवलाई सम्मानित समेत गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed