विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सिम्रौन्गढ़ नपा psa


गुल्मी ,मङ्सिर १०
गुल्मीमा जिप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु. १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका हुन्।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ सिंदीकी ६८ वर्षीया ललिति सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घाइतेहरूमा  २३ वर्षीया साजन राहदी, २२ वर्षीय देवबहादुर विक, २३ वर्षीय अनिल विक र  ७ वर्षीय वीरेन्द्र सिंजाली रहेको घलेले बताए। 

Karaiya Mai Notice Winter

दुर्घटनापछि चालक कपिल विक फरार रहेको रहेका छन्। घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको घलेले जानकारी दिए। जिप सडकदेखि करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको घलेले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed