विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला स्तरीय स्काउट फ्रेन्डसिप क्याम्प हुने

जिल्ला स्तरीय स्काउट फ्रण्डसिप क्याम्प हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
बिराटनगरस्थित स्टार सेकेण्डरी बोर्डिङ स्कुलमा जिल्ला स्तरीय स्काउट फ्रेन्डसिप क्याम्प २०७६ हुने भएको छ। मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउट कार्यालय मोरङ्गले मंसिर १३ देखि १५ गते सम्म चल्ने क्याम्पको बारेमा जानकारी गराएको छ। उक्त क्याम्पमा जिल्लाभरिका ३५ बिद्यालयबाट छनोट भएर आएका ७ सय बढी बालबालिकाहरु भागलिने छन।मुलुकका बालबालिका , किशोरकिशोरी ,तथा युवा युवतीहरुमा रहेको अन्तरनिहित क्षमताको अभिवृद्धि गर्दै शारीरिक ,बौद्धिक ,सामाजिक संवेगात्मक तथा आध्यात्मिक बिकास गराई आदर्श र सच्चरित्रवान नागरिक तयार गर्ने मुलभुत उद्धेश्य रहेको स्काउट फ्रेन्डसिप क्याम्पको संयोजक डा. उद्धव पोखरेलले जानकारी गराउनु भयो।तिनदिन सम्म चल्ने क्याम्पमा मार्चपास ,र्‍याली ,नृत्य ,वतृत्वकला, चित्रकला,दौड ,बिना भाडा खाना पकाउने,भेषभुषा प्रर्दशनी ,सरसफाइ ,समाजिक बिकास कार्यक्रम ,क्षमता प्रदर्शन ,क्याम्प फायर,बौद्धिक क्रियाकलाप ,साहसिक क्रियाकलाप ,सर्वधर्म प्रार्थना लगायतका कार्यक्रमहरु गर्ने छ्न।
‘देश बिकासको लागि स्काउट’ भन्ने मुल नाराको साथ सुरु हुने क्याम्पको मुल उदेश्य जिल्ला भित्र र बाहिरका स्काउट परिवारहरुशीत भातृत्व र भगिनित्वको भावनामा अभिवृद्धि गर्दै स- चारित्रीक बिकाश गरि भविष्यमा असल नागरिक बनाउने, गाउँ देखि महानगरसम्म शैक्षिक र सामाजिक संस्थाहरुमा स्काउटिङ शिक्षा पुर्याउनु , अनुशासित सदाचारी र स्वावलम्बी ब्याक्तित्वको बिकास ,सह अस्तित्व ,आत्मसम्मान र समझदारीको बिकास गर्दै मुलुकप्रतिको गौरव बढाउनु क्याम्पको आयोजना रहेको छ। क्याम्पको उदघाटन प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी `प्यासि´ ले गर्ने भएका छन । क्याम्पमा २ सय आगन्तुक ७५ स्काउटर ५० रोभर / रेन्जर ३५ सहभागी ट्रुप गरि जम्मा १ हजार २५ सहभागी रहने छन भने ५ लाख ५२ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed