विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपाङ्गता भएकाहरुले अन्तर्राष्ट्रिय दिवस मनाउने

अपाङ्गता भएकाहरुले अन्तर्राष्ट्रिय दिवस मनाउने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
अपाङ्गता भएका ब्यक्तिहरुले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।
सोमबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मंगलबारका ३ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागेको जानकारी गराएको हो।
राष्ट्रिय अपाङ्गता महासंघ १ नं. प्रदेशकी अध्यक्ष पार्वता श्रेष्ठले आज साँझ बिराटनगरको बसपार्कमा नेपालको नक्सामा सात प्रदेशको नक्सा बनाई दिप प्रजवलन गरिएको बताउनु भएको छ। “दिगो बिकास लक्ष्य ,अपाङ्गता मैत्री भविष्य ” भन्ने नाराका साथ आज दिप प्रज्वलन गरिएको छ। सामाजिक बिकास मन्त्रालय १ नम्बर प्रदेश मुल आयोजक समिति र राष्ट्रिय अपाङ्गता महासंघको सहकार्यमा मंगलबार बृहत प्रभातफेरि ( र्‍याली ) निकालिने भएको छ। उक्त र्‍याली सामाजिक बिकास मन्त्रालय देवकोटा चौकमा जम्मा भइ बजार हुँदै बिराटनगर ई प्लटमा आएर सभामक परिणत हुनेछ। सोही अबसरमा दमकमा सांस्कृतिक कार्यक्रमको साथै पाँचथर र धनकुटामा कजेल स्तरिय वक्तित्वकला ,समावेशी शिक्षा नीति अनुसार स्रोत कक्षा संचालन भएको ् अन्य विधायलको अनुगमन ,अपाङ्गता भएक ब्यक्तिहरुको प्रदेश भेला ,अपाङ्गता भएका ब्यक्तीहरुको रोजगार मेला ,काम गर्न चाहने अपाङ्गता भएक ब्यक्तिहरु र रोजगारदाता बिच अन्तरकृया, कोशेली घर उदघाट्न गरिने कार्यक्रम रहेको छ।
प्रदेश सरकारले अपाङ्गता लक्षित कार्यक्रम को लागि ३ करोड ९५ लाख ४८ हजार बराबरको बजेट बिनियोजन गरिएको छ। साथै अपाङ्गता भएका ब्यक्तिहरुका लागि प्रदेशिक नीति तथा अपाङ्गता कार्यक्रम ब्यबस्था र कार्यन्वयन सुझाब कार्यदल २०७५ गठन गरि सुझाब संकलन गरिएको छ भने अपाङ्गता भएको ब्यक्तिहरुका लागि सुचना तथा परामर्श केन्द्र स्थापनाका लागि भौतिक पुर्वाधार तयारी र स्थानिय तहहरुमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रदेश सरकारले थालेको छ। १ नं. प्रदेशमा अपाङ्गता भएको महिलाको संख्या ४२ हजार ६ सय ८१ र पुरुष ५१ हजार ९ सय ५९ जना गरि जम्मा प्रदेश भरिमा ९४ हजार ६ सय ४० जना अपाङ्गता भएको रहेको छ। १ नं. प्रदेशको सुनसरी जिल्लामा सबभन्दा बढि १० हजार ४ सय ९ जना अपाङ्गता भएका ब्यक्ती रहेको जिल्ला हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed