विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कर्मचारीको मिलोमतोमा करोडौं राजस्व चुहावट गर्दै खण्डेलवाल दाजुभाई

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), १० पुस ।

वीरगन्जका नामुद सुपारी तथा मरिच तस्कर पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवाल करोडौं राजस्व चुहावट गरि उम्कदै आएका छन् । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी तिनैजना खण्डेलवाल दाजुभाई हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तिनै जनाको नाममा संचालित ग्लोबल ट्रेड एग्जिम प्रा.लि., ब्राइट फर्चुन प्रा.लि., आर. एस. पी. ट्रेडिङ्ग प्रा.लि., आदित्य इन्टरनेशनल प्रा.लि., राजेश मेडिट्रेड प्रा.लि. तथा विमक्रिस इन्टरनेशनल प्रा.लि. फर्म वीरगन्जमा संचालनमा रहेको छ । यि ६ वटा फर्म उदाहारणका पात्र मात्रै हुन्, यि तिनैजना दाजुभाईको नाममा यस्ता दर्जनौं फर्महरु संचालनमा रहेको छ ।


फर्महरुको नाममा वैध तथा अवैध कारोबार गर्नुको साथै सुपारी तथा मरिचको तस्करी गर्दै आएका खण्डेलवाल दाजुभाईहरु नेपालको राजस्व चुहावट गरि राजस्व अनुसन्धान कार्यालयका केही कर्मचारीहरुको मिलोमतोमा उम्कदै आएका छन् ।

Karaiya Mai Notice Winter

दर्जनौं फर्म संचालन गर्दै आएका खण्डेलवाल दाजुभाईले अवैध कारोबार गरि नेपाल सरकारको राजस्व छलि गरेको भन्दै छानविनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा लिखित उजुरी पर्दा समेत राजस्व अनुसन्धान कार्यालयले छानविन प्रक्रियालाई अगाडि बढाएको छैन ।

खण्डेलवाल वीरगन्जका व्यापारी भएकै कारण र प्रशासन समक्ष राम्रो पहुँच भएकोले राजस्व अनुसन्धान कार्यालयका केही कर्मचारीहरुलाई प्रलोभनमा पारी आफु विरुद्ध परेको उजुरीको फाइललाई कार्यालयमै थन्काउन लगाएका छन् ।

यसरी नेपाल सरकारले राजस्व चुहावट गर्नेहरुलाई धमाधम पक्राउ गरि कानुनी दायरामा ल्याई रहेको अवस्थामा तिनैजना दाजुभाई पैसाको दम्भमा उम्किन सफल भएका छन् । खण्डेलवालले राजस्व छलि गरि रहेको भन्दै ४ महिना अघि नै राजस्व अनुसन्धान कार्यालय पथलैयामा लिखित उजुरी परेको छ तर खण्डेलवालको पहुँचले गर्दा त्यो उजुरी फाइललाई कार्यालयमा थन्काइएको बताइएको छ ।

तिनै जना दाजुभाई वीरगन्जमा सुपारी तथा मरिच तस्करी गरि करोडौंको अकुत सम्पत्ति आर्जन गरेका छन् र ति सम्पत्तिलाई नेपालको विभिन्न भागमा जग्गा घड़ेरीमा लगानी गरेका छन् । नेपालमा थुपार्न नसकेर भारतमा समेत आफÞनों नाम अथवा श्रीमतीको नाममा सम्पत्ति आर्जन गरिरहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed