विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वातावरण जिउने आधारद्वारा राजधानीमा अन्तर्राष्ट्रिय स्तरको युवा भेलाको आयोजना हुने

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ, १ माघ ।
वातावरण जिउने आधार (Living with Environment) नामक संस्थाको साधारण सभाले आकाश चौहानको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा रुपक पटेल, महासचिवमा सम्झना गिरी, सचिव प्रिन्स साह, सह–सचिवमा प्रविणा राउत, कोषाध्यक्ष रोशन पटेल, प्रोग्राम कोअर्डिनेटरमा रन्जु दर्शना, सदस्यहरुमा अभिषेक रौनियार, रबि यादव, बिजय भट्ट, राधिका कंडेल, अंजली कठायत, ओमशान्ति थापा, करुणा काफ्ले, मिना थापा, सबिना जमरकट्टेल, विकास चौहान रहनु भएको छ । वातावरण जिउने आधारको महासचिव सम्झना गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा आउने सन् २०२० मा सार्क स्तरीय ॅनेपाल युथ समिट’ गर्ने भएको छ । ॅदिगो विकासको लक्ष्य’ (Sustainable Development Goal) को बारेमा हुने युवाहरुको भेला मुलुकको दिगो विकास, अर्थतन्त्र, यहाँको वातावरण, समाज, प्रविधीको बारेमा बृहत छलफल हुने र यो कार्यक्रम अन्तराष्ट्रिय स्तरको हुने संस्थाका अध्यक्ष आकाश चौहानको दावी छ ।
साथै साप्ताहिक रुपमा राजधानीका स्कुलहरुमा वातावरण बारे जागरुकता ल्याउन हाल पाँच वटा स्कुललाई चयन गरी ग्रीन आर्मी बनाउने तयारी गर्ने र ठोस फोहरमैलाको व्यवस्थापनममा संस्था लाग्ने अध्यक्ष चौहानले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed