विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पार्टीलाई सहि दिशा प्रदान गर्न नेताहरुले पद र स्वार्थ छोडन सक्नु पर्छ -सुजाता कोइराला

पार्टीलाई सहि दिशा प्रदान गर्न नेताहरुले पद र स्वार्थ छोडन सक्नु पर्छ -सुजाता कोइराला

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
नेपाली कांग्रेसकि केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीलाइ सहि दिशा प्रदान गर्न नेताहरुले पदिय स्वार्थ र यिगो छोड्नु पर्ने बताउनु भएको छ।पार्टी भित्र रहेको गुट र उपगुटहरुलाई अन्तय गर्न नेताहरुले आवश्यकता परेको बेला पार्टीको हितको लागि परिस्थिति अनुसार पदलाई त्याग्न र सहि नेतृत्व चयन गर्न सकनु पर्ने बताउनु भयो। प्रेस युनियन मोरङ्ग शाखाले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको अस्तित्व जोगाउन नेताहरुले आ- आफ्ना स्वार्थ बाट माथी उठनु पर्ने बताउनु भयो।पार्टीलाई पहिलो प्राथमिकतामा राख्दै म भन्ने भावनालाई हटाएर हामी भन्ने भावना सहित नयाँ अनुहार र नेतृत्वको आवस्यकता रहेकोले पार्टीलाई अगाडी बढाउन सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउनु भयो। पार्टीलाई नयाँ दिशा र उर्जा प्रदान गर्न हामी तिनै जना एकै ठाँउमा उभिएका छौ। हाम्रो पुर्खाहरुले बनाएको पार्टीलाई बचाउन हामीलाई पद छोडनु पर्‍यो भने पनि छाडन तयार रहेको र पार्टीको आवश्यकता अनुसार पार्टीको अस्तित्व जोगाउन पार्टीको नेतृत्व समेत लिन तयार रहेको बताउनु भयो। उहाले यो भावना हरेक नेतामा हुनु पर्ने बताउनु भयो। उहाँले नेपाली भुमी लिपुलेक लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा चढाई सकेको बेला दुई देश बिच बहस र सम्वाद गरेर समस्या समाधान गरिनु पर्ने बताउनु भयो। उहाँले एमसिसीका केही बुँदाहरुलाई परिमार्जन गरियो भने यो परियोजना राष्ट्रको लागि राम्रो हुने बताउनु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed