विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दाजुभाईबाट पीडित सुनिल झन पीडा खेप्दै

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), १७ माघ ।
तीन दाजुभाईबाट पीडित वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवाल झन पीडामा पर्दै गएका छन् । दाजभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन नसक्ने अवस्थामा पुगेका छन् । जिल्ला अदालत पर्सामा अँश मुद्दा विचाराधीन रहेको अवस्थामा तिनै दाजुभाईबाट मानसिक तथा शारिरिक यातना खेप्दै आएको सुनिल अहिले दाजुभाईको आतँकबाट झन पीडित बनेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तिनैजना दाजुभाई मिली विगत १ वर्ष देखि शारिरिक तथा मानसिक यातना दिदै आएका छन् । तिनै दाजुभाई मिली सुनिललाई कुटपिट गर्नुका साथै घरमा ताला मारेर सुनीललाई परीवार सहित घर बाहिर बस्न बाध्य गर्नु, घरको बीचै भागमा पर्खाल खडा गर्नु, शौचालयमा ताला मारेर कुटपिट गर्नु, किचिनमा पस्न नदिने गरी भौतिक अवरोध गर्नु जस्ता यातना दिदै आएका छन् ।
तिनै दाजुभाईलाई समाज, प्रशासन को डर, शर्म केही पनि छईन । अब तिनै दाजुभाई मिलेर अर्को नयाँ काण्ड बिजूली काण्ड गरेका छन । तर यस पटकको यातना भने सीमा नाघि सकेको छ । माघ १५ गते बिहिवार बेलुका ५ बजे तिर नेपाल विद्युत प्राधिकरणको कर्मचारी लाई मिलाएर अहिले सुनील बसी रहेककक घर को बिजूली को लाइन काटन लगाएका छन। जानी जानी विगत ८ महिना देखि आदर्शनगर स्थित घरको बिजुलि को बिल नबुझाएको र तिनै दाजुभाई विगत १ महिना बढ़ी देखि त्यो घर छाडी शालिमार होम्समा फ्लेट किनेर बसिरहेका छन् ।

आफनों कब्जा गरी राखेको व्यापारको कार्यालय पनी अन्यत्र सारेका छन। सुनील मात्र आफनों परिवार संग त्यस घरमा बसि रहेको अवस्था छ । जसले गर्दा सुनिलको घरमा विजुली तथा पानी नआएर अंध्यारो मा बस्न बाध्य भई पीडित बनेका छन् ।
सुनिलका दाजुभाईहरुले सबै सम्पत्ति र तथा त्यसको सम्पूर्ण आयस्ता आफनों कब्जा मा राखेका छन् । पैसाको आडमा तिनै दाजुभाईले सुनिललाई पटक पटक अलपत्र अवस्थामा पार्दै आएका छन् । तिनै दाजुभाई अहिले प्रशासनसँगको पहुँचको कारण उम्किदै आएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed