CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महोत्तरी अपहरण बारे घोर भर्सना संगै सरकार लाई ध्यानाकर्षण गर्न : प्रेस बिज्ञप्ति

फेटा GP PSA
1,027
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

देशलाई कोरोना महामारीबाट बचाउन र जनतालाई राहत व्यवस्थापन प्रति ध्यानदिनु पर्ने अवस्थामा नेकपा नेतृत्व सरकार फोहरी राजनिति गर्नमा व्यस्त देखियो भन्दै समाजबादी युवा संघले बिज्ञप्ति जारी गरि गोर भर्सना गर्दै सरकार लाई ध्यानाकर्षण गराएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अपहरण कान्डले सरकारको नैतिकता माथि नै प्रश्न उठाउन बाध्य भएको बिज्ञप्तिमा उल्लेख गरेका छन। कुरुप राजनितिक मनसायका साध ल्याइएको अध्यादेश, देशको लोकतन्त्रलाई अस्थिर बनाउने पड्यन्त्र बाहेक केहि नरहेको, हामी प्रष्ट भएको पनि उल्लेख गरिएको छ।

साथै सरकार पक्ष नै पार्टी फोड्ने फोहरी खेलमा लागे को मात्र नभई प्रतिनिधि सभा सदस्य मा. डा सुरेन्द्र यादव लाई वहाको गृहजिल्ला महोत्तरी घरबाटै डर, त्रास तथा मानसिक दबाव गरि व्यक्ति अपहरण गर्ने जस्तो अपराधिक तथा घृणित कार्यको घोर भर्षणा गरेका छन ।

Karaiya Mai Notice Winter

अपहरित माननियवाट प्रशासनमा जाहेरी दिदा समेत प्रशासनद्वारा जाहेरी दर्ता नगर्नु, तथा सरकारी वकिलले पनि मुद्दा दर्ता गर्न अस्विकार गर्नुले देशको कानूनी तथा प्रशासनिक अवस्थाको व्यवहार बाट पनि मानसिकता बारे प्रष्ट पारेको उल्लेख गरेका छन।

हाम्रो पार्टीको शिर्ष नेताहरु सहित पिडित माननिय सरकारी वकिलकोमा मुद्दा दर्ता गर्न जादा नेकपा निकट युवा संगठनकाले नाराबाजी गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण तथा आपति रहेको र सम्बन्धित संगठन नसचिए र कानुनी राज्य व्यवस्थालाई आत्मसात नगरे, हामी बाध्य भई संबै-धानिक व्यवस्था, कानुनी राज्य व्यवस्थित गर्न र लोतन्त्रको रक्षाकालागि प्रतिकारमा उत्रिने समेत चेतावनी दिएका छन। तथा यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयः सरकार तथा नेकपा हुने समेत उल्लेख गरेका छन।

लकडाउनको समयमा र अध्यादेश आए पछि नै पुर्व आई.जि.पि र नेकपाका संसद महोत्तरी जानुको कारण के ? मा, डा. सुरेन्द्र यादवको घर जानुको कारण के ? सबै माननिय एकलै काठमाण्डों जान सक्छन् भने माननिय डा. सुरेन्द्र लाई महोत्तरी लिन आउनु पर्ने र सगै साथै जानु पर्ने कारण के ? भन्ने विभिन्न प्रश्न खडा गरि विभिन्न संका जताएका छन।

यि सबै प्रश्नको उत्तरकालागि कानुनीरुपमा निष्पक्ष जाच गरि दोषीलाई कारवाही गरियोस् साथै नेकपाले विधिको शासन, कानुनी व्यवस्था स्विकार छ भने अपराधीलाई बचाउनु भन्दा सु-शासन व्यवस्था कायम राख्न भुमिका खेल्न समाजबादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेले बिज्ञप्ति मार्फत अपिल पनि गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश