CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्ट खेलमा बि.एफ.सि चितवन विजयी

फेटा GP PSA
2,316
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव,बारा//  बाराको महागढीमाई नगरपालिका १ गढिमाई मंदिर अगाडी रहेको रंगशालामा जारी प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्टको उदघाटन खेलमा बि.एफ.सि चितवन विजयी भएको छ । शुन्यको विरुद्ध १ गोलले मकवानपुरलाई पराजित गर्दै बि.एफ.सि चितवन विजयी भएको छ । खेलको १७ मिनेट जाँदा बि.एफ.सि चितवनका खेलाडी टंकु लामाले गरेको गोल निर्णायक गोल बन्यो ।

श्री गढीमाई युवा क्लबले आयोजना गरेको प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्ट खेलको शनिबार नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख यादवले फुटबल खेलले स्थानिय खेलाडीहरुलाई जोस जागर बढ्ने र खेलकुद बिकासप्रती युवाहरुको रुचि बढ्नु को साथै खेलाडी उत्पादन गर्ने उदेश्यले टुर्नामेण्ट गराउन लागेको बताउनु भयो । महागढीमाई नगरपालिकामा पहिला मेयरकप फुटबल भएको थियो तर त्यसलाई अर्को नाम दिई गढीमाई विश्व प्रख्यात रहेकोले एतिहासिक नाम प्रथम गढीमाई गोल्डकप भइरहेको यादवले बताए । गढीमाई गोल्डकप फुटबल टुर्नामेन्टको बिकासका लागि अगामी बर्ष पुन: नगरपालिकाले सहयोग गर्ने मेयर यादवले प्रतिबद्धता जाहेर गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मंन्दिर संचालन तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साहले गढीमाई रंगशालाको क्षेत्रफल साङ्गुरो भएकोले यसको बिस्तार गर्न नगर प्रमुखलाई आग्रह गर्नु भयो । उक्त उद्घाटन कार्यक्रममा गढीमाई मंन्दिर बिकास समितिको महासचिव मोतिलाल कुशवाहा , पुर्व सचीव जितेन्द्र गुप्ता , नेशनल प्याबसन बाराको अध्यक्ष प्रभुलाल कुशवाहा , राधेकृषन यादव गढीमाई गोल्डकप फुटबल टुर्नामेन्टको संयोजक पुनदेव चौधरी लगायतले खेलकुदको बिकास प्रती आ–आफ्ना धारणा राखेका थिए ।

फाल्गुन २५ गते बाट शुरु भई चैत्र २ गते सम्म खेल हुने गढीमाई गोल्डकप फुटबल टुर्नामेन्टका संयोजक पुन्देव चौधरीले बताए । उक्त खेलमा प्रथम हुने टिम लाई नगद दुई लाख र ट्रफी , दोस्रो हुने टिम लाई नगद एक लाख र ट्रफी पुरस्कार दिने संयोजक पुनदेव चौधरिले बताए । आईतबारको खेलमा बि.एफ.सि अर्थोपेडिक,हेटौंडा र निजगढ एकेडमी बिच प्रतिस्पर्दा हुने आयोजकले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश