CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ

फेटा GP PSA
1,552
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला बारामा भने सहकारी खोलेर मल खाद कालोबजारी गर्ने दुई जना लाइ  पक्राउ गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रहरीले कलैया उपमहानगरपालिका १ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका सञ्चालक कलैया १७ का मुरारी साह तेली र श्री आसकामिनी माई कृषि सहकारी संस्थाका कर्मचारी विश्वनाथ साह कलवारका छोरा धनञ्जयलाई पक्राउ गरेको हो।

उनीहरुले साल्ट ट्रेडिङ वीरगन्जबाट श्री आसकामिनि माई कृषि सहकारी संस्था लिमिटेड कलैया लाई अनुदानमा बिक्री गरिएको मल बढी मूल्यमा बेचेका थिए। पसलमा स्टोर गरी राखिएको साल्ट ट्रेडिङ वीरगन्जबाट ल्याइएको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी जम्मा ५५ बोरा मलखाद रीतपूर्वक बरामद गरिएको हो।

उनीहरुलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश