CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

12 बर्ष पछि खोलाले आफ्नो धार परिवर्तन गरेझै स्व पत्रकार साहको हत्यारा पक्राउ

फेटा GP PSA
1,288
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

स्व: पत्रकार  बिरेन्द्र शाहको हत्याको  अर्का १३ बर्ष देखि फरार अभियुक्त  हरेराम पटेल  बिहिवार  बारा प्रहरीले  पक्राउ  गरेका छन ।  स्व पत्रकार  बिरेन्द्र शाहको हत्यामा सल्गन  महागढीमाई नपा २  निवासी हरेराम  पटेललाई कोलहबी नगरपालिका  ४ सपही  बाट  बारा प्रहरीले  बिशेश  सुराकी अधारमा पक्राउ  गरेका छन । जिल्ला  बारा गाबिस उमजन पिपरा बसतपुर बाट बि स २०६४ असोज १८ गते  स्व : पत्रकार  बिरेन्द्र शाहलाई  तत्कालीन नेकपा माओबादिका हरेराम पटेल , कुन्दन फौजदार , रामएकबाल सहनी ,मनेजर गिरि  समेतका ५ जनाले अपहरण गरि गोलि हानी कर्तब्य गरि  मारेको थियो ।स्व बिरेन्द्र शाहको लास डुमबरना गाबिस वडा ७ टागिया बस्तिको जंगलमा  बि स २०६४ साल कार्तिक २२ गते फेला परेको थियो । स्व पत्रकार  बिरेन्द्र शाहको हत्यामा सल्गन जिल्ला बारा ईनर्वासिरा ९ निवासी प्रतिबाफी मनेजर गिरि र अर्का प्रतिबादी रामएकबाल सहनिलाई  बि स २०६५ साक पुश २१ गते  पक्राउ  गरि समानित अदालतमा पेश गरिएकोमा दुबै जनालाई सर्वस्वसहित जन्म कैदको फैसला गरिएको थियो ।  त्यसैगरी स्व पत्रकार  बिरेन्द्र शाहको हत्यामा सल्गन अर्का अरोपित जिल्ला  बारा साबिक गाबिस गडहल वडा न ५ निवासी कुन्दन फौजदारलाई बि स २०७६ साल फाल्गुन २५ गते  पक्राउ  गरि समानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा  अदालतको आदेशले  फौजदारलाई फाल्गुन २९ गते पुर्व पक्षको लागि बिरगंज  कारागार  चलान गरिएको  बाराको प्रहरी  प्रमुख कृष्ण  पंगेनिले जानकारी  दिनु भयो । स्व पत्रकार  बिरेन्द्र शाहको हत्यामा सल्गन रहेको  हरेराम पटेल बिगत १३ बर्ष देखि  समानित बारा जिल्ला अदालतको मिति २०६९  सान १६ र सर्वोच्च अदालत  मिति २०७३ पुस २० गतेको फैसला आदेशले हरेराम पटेलको हकमा फरार करार गरि मुदा मुल्तबिमा राखिएको थियो ।  पक्राउ  परेका हरेराम पटेललाई अनुसन्धान प्रक्रिया पूरा गरि बारा जिल्ला  अदालतमा पेश गरिने बाराको प्रहरी  प्रमुख  कृष्ण  पंगेनिले जानकारी  दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश