CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लामो समयदेखि बिबाद रहेको पोखरीको जग्गामा माहागढिमाई न पाद्व​रा बल जबर्जस्ती 

फेटा GP PSA
839
सिम्रौन्गढ़ नपा psa
लामो समयदेखि बिबाद रहेको पोखरीको जग्गामा माहागढिमाई न पाद्व​रा बल जबर्जस्ती 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
बाराको देवताल गाँउपालिका ४ स्थित गाँउपालिकाको कार्यालयसँगै रहेको किता न ८० को ३ बिघा ५ कठ्ठा को जग्गामा पोखरी रहेको छ।  पोखरी रहेको  जग्गा सार्बजनिक भएकोले २०५४ सालदेखी नै बिवाद रहि रहेको जानकारी प्राप्त​ भएको छ। माहागढीमाई नगरपालिका वडा न ७ स्थित ने रा प्रा बि पिप्राढि बेनैलीको नाममा कुन तरीकाबाट गरीएको हो भनि प्रमाण न भएकोले बि. स. २०५४ सालदेखी नै पिप्राढि बेनैली र साविक रौवाहि गा बि स सँग बिवाद हुदै आएको छ।
हाल ने रा प्रा बि  बेनैली माहागढीमाई नगरपालिकामा पर्ने भएको र पोखरी देवतालमा पर्ने भएकोले ने रा प्रा बि  बेनैलीले आठ महिना पहिला टेन्डर गरेकोले बिधालय प्रशासनले माहागढीमाई नगरपालिकामा पोखरीको जग्गा छुटयाईदिने भनि निबेदन दिएको हुनाले माहागढीमाई नगरपालिकाले सो पोखरीको जग्गा नापि नक्सा गर्न आफ्नै नगरपालिकाको अमिनलाई पत्र जारी गरी नापी नक्सा गर्न निर्देशन दिई जग्गा रहेको देवताल गाँउपालिकालाई कुनै जानकारी नदिएको देवताल गाँउपालिका    अध्य​क्ष​ चन्दन सिँहले बताउनुभएको छ।
Karaiya Mai Notice Winter
देवताल गाँउपालिकाको कार्यालयसँगै टासिएको पोखरी कार्यालयको घरआगँन जस्तै भएकोले सार्बजनिक जग्गा सबैको साझा हो। सार्बजनिक जग्गा कुनै पनि सँस्था वा ब्यक्तिलाई उपभोग गर्नुपर्ने हो भने नेपालको जग्गा सम्बन्धि निमावली २०७१ अनुसार लिजमा लिनुपर्ने छ। लिजमा लिईएको छ भने प्रमाण दिई उपभोग गर्न स्वागत गर्छु यदि छैन भने नेपालको कानुन बमोजिम प्र​क्रिया पुर्याई हामि दुबै जना लिजमा लिने   प्र​यास गरौ। अर्को बिकल्पमा पोखरी भएको जग्गा बराबर अर्को जग्गा खरिद गरी ग‌रिदिने पनि कुरा राख्दा पनि बिधालयले नमानेको जानकारी पनि गाँउपालिका अध्य​क्ष​ चन्दन सिँहले दिएकाछन।
ने रा प्रा बि पिप्राढि बेनैलीका बिधालय ब्यवस्थापन समितिका अध्य​क्ष राजदेव साहले आफुसँग पोखरी सहितको जग्गाको प्रमाण भएकोले नगरपालिका सहित जिल्ला प्रशासन कार्यालयमा निबेदन समेत दिएकाले जिल्ला प्रहरी कार्यालयको टोलि सहित जग्गा नापि नक्सा गर्न माहागढिमाई नगरपालिकाको अमिन सहित आएका बताएकाछन।माहागढिमाई नगरपालिकाको राजनितिक सल्लाहकार भैयाराम यादव जग्गा नापि गर्दा जग्गा यहाँबाट कतै नजाने भएकाले जग्गा नापि गर्न दिनु भनि रहदा पनि रौबाहिका स्थानिय बासीले मानेन ।
 जग्गा नापि गर्न जाँदा बिधालय ब्यवस्थापन समिती र स्थानिय बिच झडप हुने अवस्था सिर्जना भए पछि जिल्ला प्रहरी कार्यालयको टोलि र गाँउपालिका अध्य​क्ष​ चन्दन सिँहले प्रमुख जिल्लाअधिकारी रुद्र​ प्र​साद​ पँडित​सँग कुरा गरी नापि गर्ने कार्य स्थगित गरिएको गाँउपालिका अध्य​क्ष​ सिँहले जानकारी गराउनुभएकोछ।
देश सँघियतामा गईसकेको हुनाले अहिले तिन तहको सरकार बनेको छ। तिन तह मध्ये एक तहको सरकार माहागढिमाई नगरपालिका र देवताल गाँउपालिका पनि हो। जब हामि सरकार हो भने पोखरी भएको जग्गा हाम्रो गाँउपालिका पर्ने तर माहागढिमाई नगरपालिका स्थित बिधालयको नाममा रहेको भनि बल जबर्जस्ति आफुहरुसँग सल्लाह नगरी नै नगरपालिकाले आफ्नो अमिन लगायत राजनितिक सल्लाहकार सहित बिधालयका व्यवस्थापन समिती तथा शिक्ष​क र प्र​ह​री बोलाई बल प्र​द​र्श​न​ देखाउन खोजेको आरोप पनि गाँउपालिका अध्य​क्ष​ सिँहले लगाएकाछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश