CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उपमाहानगरपालिकाको भ्रष्टचारमा लिप्त हुदै

फेटा GP PSA
1,282
सिम्रौन्गढ़ नपा psa

कलैया उपमाहानगरपालिकाको भ्रष्टचारमा लिप्त हुदै

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

कोरोना कोभिड १९ चेकजाँचको लागि कलैया  उपमहानगरपालिकाले जनशक्ति भर्ना गर्न लिइएको परीक्षामा आर्थिक चलखेल भएको छ।  पिसि आर चेकजाँच गर्न अयोग्यलाई नियुक्ति  गरेको रहस्य  बाहिर आएको छ । बिगत लामो समयदेखी कोरोना कोभिड १९ को महामारीको चपेटामा रहेको बारा जिल्लामा पिसि आर चेकजाँच गर्न मेसिन खरिद गरी  दक्ष जनशक्ति नियुक्ति  गर्नु  पर्ने भएपनी कलैया  उपमहानगरपालिकाको नगर प्रमुख  राजेश राय यादव ,प्रमुख  प्रशासकिय अधिकृत र स्वास्थ  शाखा प्रमुख  प्रेमचन्द्र जैसवालले मोटो रकमको चलखेलमा जनशक्ति  नियुक्त गरिएको छ ।

 

Karaiya Mai Notice Winter

नियुक्ति प्रक्रियामा  चलखेल  गर्न कलैया  उपमहानगरपालिकाले परिक्षार्थिहरुको असोज ७ गते हुनु पर्ने लिखित परीक्षा अचानक सोही दिन अर्को सुचना  प्रकाशित  नहुन्जेल सम्म स्थगित गरिएको  ल्याब  टेकनिसियनका पर्क्षार्थी मनिष गुप्ताले गुनासो पोखेका छन ।

बारा जिल्लाको १६ स्थानीय तहहरु मध्ये ९  वटा स्थानिय तहले बाराको सदरमुकाम  कलैयामा पिसि आर मेसिन संचालन गर्न र दक्ष जनशक्ति नियुक्त गर्न  गाउँपालिका तथा  नगरपालिका  आर्थिक  सहयोग गरेको थियो ।  कलैया  उपमहानगरपालिकाले पिसि आर चेकजाँच  परिक्षणको लागि माइक्रोबाईलोजिष्टमा २ जना , ल्याब टेक्निसियनमा २ जना र ल्याब असिस्टेन्टमा २ जना दक्ष जनशक्ति नियुक्ति  गर्नेु पर्ने ठाउमा ल्याब टेकनिसियन तर्फ जिल्ला   पर्सा पर्सागढी ४ निवासी  अमरेन्द्र यादव र कलैया  २१ निवासी  अरुन शार्माको नियुक्ति  परिक्रियामा व्यापक चलखेल  गरिएको श्रोतको दाबी रहेको छ ।

 

यस समबन्धमा स्वास्थ शाखा प्रमुख  प्रेमचन्द्र जैसवालसंग सम्पर्क गर्दा  रकमको चलखेल जस्तो कुरा नगर्नुस्  ,प्रमुख  प्रशासकिय अधिकृतसंग प्रतिक्रिया  लिनुस भनी  प्रतिक्रिया  दिनु भयो । स्वास्थ  सेवा संग प्रत्यक्षरुपले लापरबाही गरि अयोग्य  जनशक्ति नियुक्तिले स्वास्थ सेवा जस्तो सवेदनशिल क्षेत्र अझ प्रभावित हुनेछ ।  बिगत तीन चार  महिना अगाडि  पिसि आर चेकजाँच  मसिन खरिद  गरिएको  भएपनी  कोरोना कोभिडको बिरामिले बाहिर बाट पिसि आर चेकजाँच गराउदै आएको  थियो ।

पिसि आर परिक्षण चेकजाँचको लागि लिइएको परिक्षाको नतिजा  आर्थिक चलखेल गरि लगभग २ महिना पछि आएकोले  मोटो रकमको चलखेल  भएको  प्रष्ट देखिन्छ ।  यस समबन्धमा प्रमुख  प्रशासकिय अधिकृत संग सम्पर्क गर्दा वहाँको फोन उठाउनुभएको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश