CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निम्न वर्गका लागि रु. ५० मा पौष्टिक भोजनालय समुद्घाटन

फेटा GP PSA
378
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पनाका साथ स्थापित भोजनालयको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले उद्घाटन गरेका छन्। मात्रै ५० रुपैयाँमा भरपेट भोजन गराउने हेतुले सञ्चालित भोजनालयको उद्घाटन गर्दै नेता एवम् व्यवसायीसमेत रहेका रुंगटाले भोजनालयको शुभारम्भले समुदायमा रहेका विपन्न तथा गरिब वर्गहरु लाभान्वित हुने विश्वास व्यक्त गरे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बीरगन्जको मुर्लीमा निम्न आर्थीक अवस्थाका परिवारलाई मध्यनजर गर्दै शनिवारदेखि भरपेट भोजनालय सञ्चालन भएको छ। सामाजिक संस्था सानो पाइलाले विशेष गरी बीरगन्ज महानगर भित्र दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका श्रमिक एवम् न्युन आर्थीक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट भोजनालय सञ्चालन गरेको हो ।

Karaiya Mai Notice Winter

स्वागत मन्तव्य व्यक्त गर्दै सानो पाइलाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना भाइरस संक्रमणको पहिलो लहरको क्रममा संस्थाले सञ्चालन गरेको फिडिंग नेपाल अभियानको विस्तारित स्वरुप भरपेट भोजनालय रहेको बताए।

समुदायमा बसोबास गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न वर्गहरुले भोजनमा न्युन खर्च गरी कुल आम्दानी बाट बचत गरेको रकम शिक्षा र स्वास्थ्यमा खर्चिन सक्ने झाको विश्वास छ। सामुदायिक सशक्तिकरणका लागि आफूहरु निरन्तर प्रयासरत रहेको चर्चा गर्दै उनले यस भोजनालय बाट विपद्का बेला निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

सानो पाइलाका सभापति सुदीप लामाको सभापतित्वमा भएको समुद्घाटन समारोहमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवान, दिव्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त पटेल, नेपालभोजपूरी समाजका ध्रुव सिंह ठकुरी, मानव सेवा आश्रमका प्रदेश २ संयोजक देवेश मानवसेवा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश