CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

फेटा GP PSA
482
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई तीन दिने (TOT) तालिम कृष्णनगरको निलकण्ठ स्विट हाउसको हालमा कार्यक्रम सम्पन्न भएको छ l कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना कृष्णनगर नगरपालिकाको समान्वयमा स्वास्थ्य जीवन तथा योग सम्बंधि तालिम सम्पन्न भएको छ l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त तालिमको उद्धघाटन कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समिति अध्यक्ष बिष्णु प्रसाद भट्टराईले गर्नुभयोl कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रवेश श्रीवास्तवको अतिथ्यता रहेको थियो साथै वडाध्यक्ष कृष्ण कुमार गुप्ता, समाजसेवी भरत किशोर चौधरी लगायतको उपस्थित रहेको थियो l

Karaiya Mai Notice Winter

तालिममा दिर्घकालिन नसर्ने रोग तथा रोगको व्यवस्थापन, स्वास्थ्य जीवनशैली, स्वास्थ्य आहार विहार र दिनचर्या, ऋतुचर्या, विद्यालय स्तरमा गरिने प्रथमिक उपचार, योग र योगको महत्व लगायत उपस्थित शिक्षक लाई विद्यालयमा गइ पाएको ज्ञान सिप विद्यार्थी हरूलाई सोको बारेमा ज्ञान सिप प्रदान गरि विद्यार्थी लाई आ आफ्नो घर परिवार तथा समुदायमा समेत जानकारी गराउन आवस्यक सहकार्य गर्न अनुरोध गरिएको थियो l

उक्त तालिममा डा. प्रवेश श्रीवास्तव, डा. आशिष चौधरी, डा. मुकेश चौधरी, नागरिक आरोग्य सेवा केन्द्रका कविराज डा.नागेश्वर मिश्र, कपिलवस्तुका वरिष्ठ कविराज हरिलाल उपाध्याय लगायतले तालिममा विभिन्न बिषयमा सहभागी लाई सहजीकरण गरेका थिए l

समापन कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख आरती देवी चौधरी, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, वडा सदस्य राहुल हलवाई लगायतको उपस्थितमा योगाभ्यास गराई प्रमुख अतिथि चौधरी द्वारा सहभागी हरूलाई प्रमाणपत्र वितरण गरि कार्यक्रम समापन गरिएको थियोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश