CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

फेटा GP PSA
865
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ। लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, आशिष सामाजिक सेवा नेपाल , नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि चौधरी द्वारा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, हरिपाल चतुर्वेदी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्रहरी निरिक्षक लक्ष्मण ओली, लगायत विभिन्न सामाजिक व्यक्तित्व हरुको आतिथ्य रहेको थियो।

कार्यक्रममा पि.आर.सि का कपिलवस्तु प्रतिनिधि दिनेश तिमिल्सिनाको स्वागत मन्तब्य रहेको कार्यक्रममा थुमा देवी उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूदले हामी सबै मिलेर महिला हिंसा अन्त्य गर्नुपर्ने बताउदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताए।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रवक्ता हरिपाल चतुर्वेदी, कृष्ण कुमार गुप्ता, नागेश्वर मिश्र लगायतका वक्ता हरूले महिला हिंसा अन्तय गर्न सम्पूर्ण क्षेत्रका व्यक्ति मिलेर महिला हिंसा बिरूद्ध योगदान दिनुपर्ने बताए। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीय, महिला अधिकार कर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षाप्रेमी लगायतको उपस्थित रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश