CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा जिल्लाबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु

फेटा GP PSA
329
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १६ माघ बीरगंज 

बारा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाली कांग्रेस केन्द्रिय समिती द्वारा आयोजना गरिएको “समुदायमा काङ्ग्रेस” अभियान अन्तर्गत बारा जिल्लाको केन्द्रिय प्रतिनिधिको रुपमा आएका केन्द्रिय सदस्य अनिल रुङ्टाले कार्यक्रम को शुभारम्भ गरेका छन । अभियान को शुभारम्भ बारा कलैया उपमहानगरपालिका वडा न.९ मा उद्घाटन स्वरूप बृक्षारोपण गरि उक्त अभियान को प्रारम्भ  भएको थियो ।

बारा जिल्लामा ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित २६ माघसम्म अभियान सञ्चालन हुनेछ । अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्ने देखि नेपाली कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरिने प्रतिनिधि अनिल रुङ्टाले बताए ।

 

Karaiya Mai Notice Winter

अभियानका क्रममा स्थानीयस्तरमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका असल अभ्यासबारे समेत जानकारी लिइने छ । नेपाली कांग्रेसले अभियानलाई आसन ग्रहण र मन्तव्यरहित बनाइने बताइएको छ। ‘

अभियान वडाकेन्द्रित रहनेछ । सहिद दिवसको दिनबाट अभियानको पहिलो चरण सुरु भएको छ भने २६ माघमा सुशील कोइरालाको स्मृति दिवसको दिन पारेर समापन गरिनेछ ।

औपचारिक आसन ग्रहण र मन्तव्यलगायतका कार्यक्रम हुनेछैनन् । जनस्तरका गुनासो र सुझाव संकलनमा केन्द्रित हुनेछ ।

 

आजबाट बारा जिल्लामा शुभारम्भ भएको सो अभियानमा नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव,वरिष्ठ नेता श्याम पोखरेल,बाराका नेता लोकेश सिंह,पर्सा क्षेत्र नं १ का सभापति अनिल सिंह,युवा नेता दिलिप राज कार्की लगायत प्रदेश प्रतिनिधिको उपस्थितिमा रहेको थियो ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश