CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अज्ञात व्यक्तिद्धारा स्काभेटरमा आगजनि

फेटा GP PSA
2,249
सिम्रौन्गढ़ नपा psa

बिकास पान्डे, रौतहट ।।  बाटो बनाउने विषयमा विवाद उत्पन्न हुँदा विहिवार राति रौतहटको गुजरा नगरपालिकामा पाकिंग गरिएको स्काभेटरमा केही व्यक्तिहरुले आगजनि गरेको छ ।

गुजरा नगरपालिका ६ को खतवहिया गाउँमा बिहिवार बाटो निर्माण गर्ने विषयमा स्थानिय बासिन्दा र निर्माण कम्पनीका कर्मचारी बिच वाद विवाद भएका थिए । बिहिवार राति नै ठेक्का सकार गरेको सगुन निर्माण कम्पनीको स्काभेटर पाकिंग गरेको अवस्थामा केही अज्ञात समूहले आगजनि गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाटो निर्माणका लागि सगुन कन्सन्ट्रक्सनले प्रयोग गरेको स्काभेटरमा आगजनि गर्दा स्काभेटर क्षतिग्रस्त भएको रौतहट प्रहरीका  प्र्रक्त प्रवक्त्ता नविन कार्कीले बताए । आगजनि गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।

बाटो निर्माणका क्रममा स्थानिय सँग विवाद भएकोमा स्काभेटरमा आगजनी हुनु घटना शंकास्पद रहेको उनले जानकारी दिए । घटना सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश