CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने

फेटा GP PSA
4,819
सिम्रौन्गढ़ नपा psa

डिल कुमारि नेपाल ,काठमाडौं।

निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको अवसरमा पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक तामाङले बताउनुभयाे । संगीता तितुङको प्रस्तुती यो चलचित्रमा नायकको रुपमा विनायक तामाङ र नायिकामा प्रस्तुतकर्ता संगीता तितुङको अभिनय रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त चलचित्रको कथा संगीताकै रहेको छ भने पटकथा तथा संवाद बाबुराम सुवेदीले लेख्नुभएको छ। चलचित्रमा अर्जुन गुरुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले पनि अभिनय गरेका छन् । चलचित्रमा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा कुमार स्याङ्बोको गीत,निमा दोङ र विश्व दोङको संगीत रहेको छ । गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर रहेकाे छ ।

किताब सिंह घलान कार्यकारी निर्माता रहेको ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब गरिएको छ । तामाङ चलचित्रको बजार विस्तार एवं समग्र नेपाली दर्शकरुमाझ पुर्याउन नेपाली भाषामा समेत डब गरी अन्य हलहरुमा पनि प्रदर्शन गर्ने सोच बनाएको निर्देशक तामाङले बताउनुभयो । उनका अनुसार पहिलो विशेष प्रदर्शन कार्यक्रम समारोहमा सम्मान तथा सांगीतिक कार्यक्रम समेत हुनेछ । २०५९ सालमा पहिलो चलचित्रको रुपमा सेमला दुङाल निर्देशन गरेका तामाङको यो दशौं चलचित्र निर्देशन समेत हाे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश