CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा नेपाल लाई त्यागेर जनतालाई धोका दिएको र आफै संग धोका दिएको : पुर्व मुख्य मन्त्री – राउत

फेटा GP PSA
4,810
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सपा नेपाल लाई त्यागेर जनतालाई धोका दिएको र आफै संग धोका दिएको जसपा नेपालका महासचिव पुर्व मुख्य मन्त्री लाबाबुराउत गद्दीले प्रमुख अतिथिको आसन बाट आफ्नो मन्तव्य राख्दै बताए। जनता समाजवादी पार्टीले जनता लाई सामन्तवाद र पुँजीवादको गुलामीको जन्जीर बाट समाजवाद मुक्त गराउने मुल उद्देश्य लिएको संकल्प बाट उत्प्रेरित रहेको छ। र यी उद्देश्य छोडेर भाग्ने व्यक्ती कहिल्यै समाजमा बस्ने सर्वसाधारण लाई कहिल्यै हित गर्न नसक्ने आस्य आफ्नो धारणा राखेका थिए । विभिन्न व्यक्तिले यस उद्देश्य बाट भागेर हाम्रो समाजवाद बाट भागेर जनताको समस्या बाट भागेको हाम्रो पार्टीको ठहर रहेको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जसपा नेपालले बारा जिल्ला लाई धेरै थोक दिएको र त्यति मात्र नभैइ सबै भन्दा बढी देश लाई दिएको बताए। संघियताको माध्यमले हाल गरिएको राजनीतिक न्युक्ति द्वारा राजदुतहरुमा हाम्रो पार्टीको नभए पनि हाम्रो मधेशी लाई हुने भएको हो जसको लाई देशै भरी आन्दोलन गरेका थिए भने अवगत गराएका थिए। र त्यही संघीयता लाई जसपाले ल्याएको र हालको अवस्थामा संघीयता खारेज गर्ने षड्यन्त्रमा नेपाली काङ्ग्रेस र सरकारमा रहेका कम्युनिस्ट पार्टीले लागिपरेको राउतले बताए। जसपा नेपालले खास गरि बारा जिल्लामा उप-राष्ट्रपति मुख्य मन्त्री जस्ता गरिमय पद दिएको जिकिर राउतले गरेका थिए। केही अझ असन्तुष्ट रहेका राजनीतिक व्यक्ती लाई सुझाव स्वरुप असन्तुष्टि रहेको कुरा लाई पार्टीमा नितिगत विरोध गर्नु पर्छ तर पार्टी लाई छोडेर लाग्नु भनेको जनताको भावना संग खेल्वाड गरि जनता लाई धोका हुने बताएका थिए।

Karaiya Mai Notice Winter

जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा जसपा नेपाल बाराले आयोजना गरेको जिल्ला अभिमुखिकरण कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रम हेमराज भट्टराईले स्वागत मन्तव्य राखे पछि कार्यक्रममा मन्तव्य सुरु भएको थियो। तीनमहिनामा गर्ने लक्ष्य बारे प्रकश पार्दै पाँचलाख नया सदस्य बनाउने, पार्टीको धारणा तथा लक्ष्य बारे प्रकाश पार्दै समाजमा रहेका जनता लाई सामन्तवाद र पुँजी बादको चपेटामा परी गुलामीको जन्जीर बाट मुक्ति दिलाउने प्रदेश उपाध्यक्ष सुशील यदवले बताएका थिए।

सोही क्रममा केन्द्रिय सदस्य रुपलाल चौधरीले आफ्नो मन्तव्य राख्दै मनमनमा जसपा नेपाल घरघरमा जसप नेपाल भन्ने मुल मन्त्रको साथ अगाडि बढे मात्र समाजवादको परिकल्पना पुराहुने धारणा राखेका थिए। त्यस्तै पुर्व राज्य मन्त्री उषा यादवले पनि पार्टी बिच रहेको आन्तरिक द्वन्द बारे चर्चा गर्दै पार्टी भित्रमा समाधान मिल्ने बताएका थिए। बाहिर बसेर कतै समाधान नमिल्ने भएकोले एक आपसमा बसेर छलफलको माध्यम बाट टुंगो लगाउन आग्रह गरेका थिए। प्रदेश सांसद बच्चाराउत अहिरले आफ्नो मन्तव्य राख्ने क्रममा पार्टी बाट बाहिरिएर गएका कमजोर नेतृत्व भएका नेताहरूको बारेमा पर्दाफास गरेका थिए। नेतृत्व क्षम्ता नभएका कमजोर नेताको गुणभएका केही नेतागणले सामन्तवाद र पुँजीवादको गुलामी स्वीकार गरि गुलामी गर्न बाध्य भएर अर्को गन्तव्यमा लागेको बताए।

सोही क्रममा सबै वक्ताहरूले आ-आफ्नो धारणामा पुँजीवाद र सामन्तवादहरुको चपेटा बाट बाहिन जसपा नेपाल बाहेक अरुकुनै पार्टी नरहेको जिकिर गरेका थिए। कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सचिव मुर्तुजा अंसारीले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश