

शैलेश गुप्ता १४ माघ पोखरिया
तराई मदेशमा केहिदिन देखि परिरहेको जाडो र सितलहर बाट बालबालिका ,वृद्ध बृद्धा तथा आम नागरिकको स्वास्थ्यमा पर्ने असरलाई मध्य नजरगरी विरगन्ज महानगर स्थित नेशनल इन्फोटेक कलेजले एक कार्यक्रमका विच राहत स्वरुप निःशुल्क न्यानो कपडा र कम्बल बितरण गरेको छ ।



विरगन्ज महानगरपालीका वडा नम्बर ३२ टेडामा कम्बल वितरण कार्यक्रममा ७५ थान कम्बल तथा बाल बालिकाहरुका लागि ६५ थान ट्रेक सुट बितरण गरिएको छ ।


प्रकाश लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी काजल सिंह,विशिष्ट अतिथी युवा नेता सुधीर पटेल स्थानिय नेता सन्जय मन्डल ,स्थानीय वडावासि लगाएतकाहरुको उपस्थिती रहेको थियो ।
कम्बल वितरण कार्यक्रमलाई कम्बोधन गर्दै प्रमुख अतिथी काजल सिँहले जाडोमा गरिबी रेखामुनी रहेका ब्यक्ती तथा उनका बालबालीकाहरु बढी प्रभावीत हुने भएको र जाडोले ति समुदायको स्वास्थयलाई ख्याल गरी यसता मानव सेवा गरेको नेशनल इन्फोटेक कलेजलाई विशेष धन्यवाद दिएका हुन ।





