

कलैया, बारा।
केही व्यक्ति तथा सञ्चार माध्यमहरू बाट सञ्चारजगतको स्मित्ता गुम्दै गरेको गापा अध्यक्ष यादवले टिप्पणी गरेका छन् । सुनियोजित तथा प्रतिशोधात्मक घटना लाई अतिरञ्जित बनाइएको बाराका सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले जनाएको छन्। पत्रकार सम्मेलन मार्फत बुधबार उनले आफ्नो गापाको कार्यालयमै पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन्।



केही व्यक्ति तथा सञ्चार माध्यमहरूबाट आफ्नो चरित्र हत्या गर्ने पत्रकार सम्मेलनमा उनले आफ्नो भनाई राखेका थिए। कलैयामा गराइएको सवारीसाधन घटना सँग सम्बन्धित मंगलबार भएको सामान्य विवादलाई अतिरञ्जित गरेर प्रस्तुत गरिएको उनको आशय राख्दै आफूप्रति सार्वजनिक रुपमा लगाइएका आरोपहरू पूर्णतः असत्य, भ्रामक र योजनाबद्ध भएको दाबी गर्दै पत्रकार सम्मेलन गरेका हुन्।

मङ्गलवार दिउँसो करिब १ः५४ बजे, कलैया–४ स्थित यामाहा शोरूम नजिक आफ्नो स्कार्पियो गाडीलाई पछाडि बाट एउटा मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटना पछि गाडीबाट झर्दै गरेकोमा गंगापुर निवासी विकास साह र सोही शोरूमका कर्मचारी संजय कुशवाहाले आक्रामक शैलीमा व्यवहार गर्दै अभद्रता गर्न खोजको अध्यक्ष यादवले दावी गरेका छन्।
घटना लगत्तै अध्यक्ष यादवले घटनाबारे प्रहरीलाई स्वयं जानकारी गराएको बताए। सार्वजनिक रूपमा फैलाइएका मदिरा सेवन तथा दुव्र्यवहारसम्बन्धी समाचारहरू कपोकल्पित र पूर्वाग्रही भएको पनि आफ्नो धारणा राखेका थिए। जुन कुरा एउटा अडियोमा पनि सार्वजनिक रहेको बुझिन्छ। घटनालाई लिएर केही सञ्चार माध्यमहरूले ‘रक्सी सेवन पछि अध्यक्षले सर्वसाधारण माथि दुव्र्यवहार गरे’ भन्ने आशयको समाचार प्रकाशन गरेको कुराले सिंगो देशको चौथो अंग सञ्चार माध्यम लाई बदनाम गरिएको कुरा लाई समेट्दै सञ्चारकर्मी संग दुखेसो पोख्दै यसप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल पत्रकार महासंघले आफूबाट प्रतिक्रिया नलिइकन विज्ञप्ति जारी गर्नु निन्दनीय रहेको समेत टिप्पणी गर्दै “बिना पुष्टि र प्रमाण निराधार सार्वजनिक रूपमा व्यक्ति दोषारोपण गर्नु पत्रकारिताको धर्म विपरीत रहेको उनको कथन रहेको थियो। प्रेस स्वच्छन्दता र व्यावसायिक उत्तरदायित्वको सीमा छुट्याउन उनले आग्रह गरेका थिए।
आफुमाथी लगाइएको आरोप लाई आफै सबै प्रक्रिया पूरा गर्दै प्रादेशिक अस्पताल कलैया बाट आफ्नो स्वास्थ्य परिक्षण गराएर राखेको समेत जनाएका थिए। तर केही सञ्चार संस्थाहरूले गाउँपालिका बाट विज्ञापन वा सेवा करारको औपचारिक प्रक्रिया नपुगेको भन्दै अनौपचारिक रूपमा बिल पेश गरेको र भुक्तानी नगरेको निहुँमा आफूविरुद्ध पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरिरहेको अध्यक्ष यादवले दावी समेत गरेका छन्।





