CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

फेटा GP PSA
824
सिम्रौन्गढ़ नपा psa

काठमाडौं – नेपाल महिला च्याम्बरले सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको हो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा उधमशिलता वि ज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उधमी बन्न अपनाउनुपर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपाय लगायतका बिषयमा प्रस्तुती दिनुका साथै सहभागीहरुले राखेका जि ज्ञासाको जवाफ दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रस्तुती एबम सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उधमी र कामदार बिच समधुर सम्बन्ध, सेयर धनी बिच समझदारी, परिकल्पनाकार उधमी प्रति सम्मान, निर्यातमुखी सोच र उधम आवश्यक रहने कुरा प्रति जोड दिएका थिए ।

त्यसो त कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सान्स्कृतिक प्रस्तुती प्रस्तुत गरेको थियो । कार्यक्रमको अन्त्यमा मन्तब्य धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सफल उधमी बन्न उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउदै नेपाल महिला चेम्बर उधमशिलताको बिकासका निम्ती लागि पर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बरका पदाधिकारीहरु, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा, सचिब लिमा अधिकारी एबम पदाधिकारी, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, महिला उधमी लगायत अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो। हामीलाई नेपाल महिला चेम्बरकी अधिकृत श्रृष्टि त्रिपाठी ले बताएकी छिन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश