CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर लोकनारायण यादव द्वारा धाधली : उपमेयर चौधरीको आरोप, पत्रकार समेत लाई प्रवेश निशेध

पर्सागढी नगरपालिकामा नगरसभामा कुर्सी हानाहान

फेटा GP PSA
762
सिम्रौन्गढ़ नपा psa

मेघराज राय, जिराभवानी, पर्सा ।। पर्सागढी नगरपालिकाको नगरसभा बिवादका कारण दोस्रो पटक पनी स्थगित भएको छ । गत असाढ १० गते नै प्रस्तुत गर्न लागिएको निति तथा कार्यक्रममाथी अषन्तुष्टी जनाउँदै उपमेयरले बिरोध गरेपछी स्थगित भएको नगरसभा शुक्रबार पुनः आयोजना गरिएको थियो । आफु लगायतका २८ जना सदस्यहरुसँग छलफल नै नगरी निति तथा कार्यक्रम ल्याएको भन्दै उपमेयर अर्चना चौधरीले बिरोध गरेपछी १० गतेको नगरसभा स्थगित भएको थियो ।

आफुहरु लाई पाखा लगाएर मेयर लोकनारायण यादबले एकलौटी रुपमा निति तथा कार्यक्रम निर्माण गरेको भन्दै अषन्तुष्ट उपमेयरसहितका सदस्यले शुक्रबारका लागी डाकिएको नगरसभामा समेत बिरोध गर्ने देखिएपछी कडा शुरक्षा घेरामा नगरसभा आयोजना गरिएको थियो । आन्तरिक कारण देखाउँदै शुक्रबारको नगरसभामा पत्रकारहरुलाई समेत प्रबेश निशेध गरिएको थियो । नगर कार्यपालिका श्रोतका अनुसार शुक्रबार पनी पुरानै बिषयमा बिरोध उठेपछी सभा नै स्थगित गर्नुपरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

१० गते बजेट नै सार्वजनिक नभै सभा स्थगित भएपनी नगरपालिकाको आधिकारीक फेसबुक पेजमा निति तथा कार्यक्रम सार्वजनिक भएको भनी प्रकासन गरिएकोमा उपमेयर चौधरीले आपत्ती जनाएकी थिईन् । ‘नगरको निति तथा कार्यक्रम र प्रस्तुत गर्न लागिएको बजेटमा हाम्रो अझैपनी बिरोध छ ।’ असन्तुष्ट एक सदस्यले भने, ‘तर नगरपालिकाकै आधिकारीक सामाजिक सञ्जालमा उपमेयरद्वारा निति तथा प्रस्तुत भनेर सार्वजनिक गरिएको छ, र त्यो आपत्तीजनक छ ।’

मेयर एकलौटी रुपमा प्रस्तुत भएको भन्दै आक्रोसित सदस्यहरुले शुक्रबारको नगरसभामा कुर्सी समेत तोडफोड गरेका छन् । श्रोतका अनुसार मेयरको ज्यादती मान्य नहुने भन्दै होहल्ला गरेका सदस्यहरु तोडफोडमै उत्रिएका हुन् । उप मेयरसहितका सदस्यहरुनै बिरोधमा उत्रिएपछी नगरसभा दोप्रो पटक स्थगित गरी असाढ १९ गतेका लागी डाकिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश