CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्साको पटेर्वासुगौली गाउपालिकामा पर्ने ऐतीहासिक बाबा दुदेशवर नाथको सावनी मेला आज बाट सुरु

फेटा GP PSA
1,346
सिम्रौन्गढ़ नपा psa

जिराभवानी सावन ६- पर्साको पटेर्वासुगौली गाउँपालिका को मध्य चारकोसे जंगलमा अस्थित बाबा दुधेशवर महादेव मन्दिरमा प्रत्येक वर्ष साउन महिनामा लाग्ने ऐतिहासिक ‘भाथा बाबा साउने मेला’ आजबाट शुरु भएको छ । साउन महिनाभर धार्मिक पर्यटकहरूको घुँइचो लाग्ने भाथामा आजबाट भक्तजनहरुको उपस्थिती पहिलो दिन नै बाक्लिएको छ ।

मध्य जङगलभित्र रहेको बाबा दुदेशवर महादेवलाई स्थानीय बासिन्दाहरू भाथा बाबा महादेवको नामले पनि पुकार्ने गर्छन् । सत्ययुगमा भगवान् महादेव वन विहार गर्न चारकोसे झाडीको पहाडको उक्त स्थानमा आई कैयौँ दिनसम्म वन र पहाडमा विहार गरी विश्राम गरेका केही जानकारहरू बताउँछन् बाबा दुदेशवर नाथ वा भाथा बाबा महादेवको नामले पुजिंदै आएको किंबदन्ती छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्साको ग्रामीण क्षेत्र छिमेकी जिला र भारत बिहार लगायतका भक्तजनहरुले सावन महिना भरी शुद्ध शाकाहारी भई करिब १५५किलोमिटर टाढा रहेको चितवन र नवलपरासीको सिमाना भएर बग्ने नारायाणीको तिरबेणी धामको नदीबाट पैदलै हिंडेर, पहेंलो शिववस्त्र धारण गरी बोल बम भन्दै भजन(कीर्तन गाउंदै र डाक बमले कहीं विश्राम नगरी पवित्र जल ल्याई चढाउने गर्दछन् । यसरी पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने दर्शनार्थीहरूको आस्था, विश्वास छ ।

घना जंगल र पहाडको मध्येभागमा अवस्थित उक्त मन्दिर परिसरमा श्री शिव लिङ्ग, बसाहा, पार्वती भैरवनाथ, हनुमानलगायत अनेकौं देवी(देवताहरूको प्राचीन मूर्तिहरू र मन्दिर परिसरमैं छन पर्साको ग्रामीण क्षेत्रमा पर्यटन विकास केन्द्रको रूपमा भाथा बाबा र पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर एकमा रहेको बाबा बटेशवर नाथ जिराभवानी माईले प्रसिद्ध धार्मिक स्थल मानिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश