CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्षको कुटपिटबाट एकको मृत्यु: वडा अध्यक्ष फरार

फेटा GP PSA
571
सिम्रौन्गढ़ नपा psa

विराटनगर
वडा अध्यक्षसहित ९ जना समुहको कुटपिटबाट गम्भीर घाईते भएका विराटनगर-१४ निवासी समानन्द यादवको मृत्यु पश्चातपनि न्याय नपाएको छोरा राजेश यादवले बताएका छन ।

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन । २०७६ जेठ ३२ गते विराटनगर-१८ निवासी एक युवतीसँग आफ्नो विवाहको बिषयमा आयोजित एक पञ्चेतीमा कुरा नमिलेपछि आफ्नै बुवा समानन्द यादवसँग कुटपिट भएको छोरा राजेश यादवको भनाई छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनले जहदा गाउँपालिकाका वडा अध्यक्ष प्रदिप यादव, विराटनगर १८ का वडा अध्यक्ष सञ्जय शाह, विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादव र उनका छोरा रबिन यादवसहित जहदा १ का दिनेश यादव, विराटनगर १८ का भोला यादव, विन्देश्वर यादव, विजय यादव, दिपेश यादव र विरेश यादव गरी जम्मा ९ लगायतको समुह कुटपिटमा संंलग्न भएको आरोप लगाएका छन ।

Karaiya Mai Notice Winter

निर्घात कुटपिटबाट गम्भीर घाईते समानन्दको स्पाईनल कर्डको सि ३ देखि सि ६ सम्मको मेरुदण्डको हड्डी भाँचिएको थियो । मृतकका कान्छो छोरा मुकेश यादवले न्युरो अस्पताल विराटनगर, विराट नर्सिङ्ग होम, भारतको सिलिगुडी र नोबेल अस्पतालमा समेत उपचार सम्भव नभएपछि असार २६ गते कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा आफ्नो बुवाको मृत्यु भएको बताए ।

कुटपिटको घटनामा संलग्न ९ जना विरुद्ध असार १ गते नै जि.प्र.का मोरङ्गमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दिँदा पनि हालसम्म कुनै सुनुवाई नभएको मृतकका आफन्तको भनाई छ । प्रहरीले हालसम्म कुटपिटमा संलग्न मुख्य अभियुक्त फरार रहेको बताउँदै आएपनि उनीहरु बारम्बार गाउँमा देखिने गरेको मृतककी श्रीमती कन्दुला देवीको भनाई छ । त्यस्तै घटनामा संलग्न सबै अभियुक्तहरु फरार रहेकाले उनीहरूको खोजीकार्य तीव्र गतिमा भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका एस.पी विश्व अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न अभियुक्त मध्येका तीन वडा अध्यक्षहरु भने विगत २ हप्तादेखि फरार छन ।

साभार-zen 1 न्यूज़ (शिवम मिश्रा)

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश