CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।

बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।

फेटा GP PSA
687
सिम्रौन्गढ़ नपा psa

बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट। साउन १६ ।रौतहट जिल्लाका चपुर नगरपालिका वडा नंबर ३ को वडा कार्यालयमा अागलगी गरेको अारोपमा ३ जना बिप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएको छ। हिजो देशभरी बिप्लव समुहले बन्दको अवाहनको पूर्वसन्ध्यामा आर्दश सामुदायिक वन कार्यालयको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको प्रहरीले जनाएको थियो।वडा कार्यालयमा अागजनी हुँदा वडाका सम्पुर्ण कागजात जलेर नष्ट भएको थियो। अागजनी पश्चात् प्रहरीले सुरक्षा गस्ती कडा गरेपछि बिप्लव समुहका ३ कार्याकर्तालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। पक्राउ परेपछि प्रहरीले अाज जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पक्राउ परेका बिप्लव समुहका चपुर नगरपालिका वडा नंबर ४ का ३० बर्षीय रेहान तमाङ भन्ने रामबहादुर घिसिङलाई पक्राउ गरेका छन्। पक्राउ परेका घिसिङ संग ना ३६ प २८१३ मोटरसाइकल र चाईनिज पेस्तोल १ थान र सोमा गोली लाग्ने ५ राउन्ड गोली र कटुवा पेस्तोल १ थान र सोमा लाग्ने ३ राउन्ड गोली सहित प्रहरीले पक्राउ गरेका छन्। भने अर्को सोही नगरपालिकामा बस्ने ३५ बर्षीय मान बहादुर वाईवालाई पक्राउ गरेका छन्। भने चपुर नगरपालिका वडा नंबर ३ गैडाटारमा बस्ने ५५ बर्षीय रेव प्रसाद मैनालीलाई पक्राउ गरेका छन्। पक्राउ परेका तिनै बिप्लव समुहका कार्याकर्तालाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश