CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्र्तगत जोन ११ को अफिसर्स ट्रेनिगं सम्पन्न

फेटा GP PSA
625
सिम्रौन्गढ़ नपा psa

भैरहवा, २२ साउन । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्र्तगत जोन ११ को क्लब अफिसर्स ट्रेनिगं सम्पन्न भएको छ ।

जोन ११ का रोटरी वर्ष २०१९,२० का जेडआरआर प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अथितिको रुपमा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटानका रोटरी वर्ष २०१९ ,२० का डिआरआर इलेक्ट रोट्याक्टर संजिव पौडेल, अथितिको रुपमा एडिआरआर उमानाथ अधिकारी एडिएस लक्ष्मण खरेल एडिएलटि बन्दना अधिकारी, रमेश नेपाल, एडिटि विक्रम क्षेत्री लगायत जोन १२ का जेडआरआर स्टडि वल्र्ड एजूकेशनका प्रबन्ध निर्देशक लगायत जोन ११ का सम्पूर्ण क्लब का अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त कार्यक्रममा ३ वटा सेसनमा जोन ११ अन्र्तगत १२ वटा क्लबका सदस्यहरुलाइ तालिम तथा सिकाइ पद्धति दिएको थियो उक्त सेशन अन्र्तगत प्रसिडेन्ट सेक्रेटरी , डाइरेक्टर तथा अन्य बोर्ड सदस्य तथा नया सदस्यहरुको लागि गरि छुट्टाछुट्टै ३ वटा हलमा राखिएको थियो ।

सेसनमा रोट्रयाक्ट रोटरी का गतिविधि लिडरसिप डेपलप्मेण्ट रिर्पोेटिगं लगायत रोट्रयाक्ट नेपाल अन्र्तगत को सम्पूर्ण पद्धतिहरु मा फोकस गरि ट्रेनिगं दिएको थियो प्रेसिडेन्ट सेक्रेटरी, तथा डाइरेक्टरहरुको शेशन रोट्रयाक्टर बन्दना अधिकारीले लिएकी थिइन् भने नयाँ सदस्य तथा डाइरेक्टर हरुको शेशन रोट्रयाक्टर प्रभाष रोय तथा नयाँ सदस्यहरुको शेशन रोट्याक्टर मन्जू लोहनी लिएकी थिइन् ।

३ वटै सेसनलाइ धेरै समय दिएका डिष्ट्रिक्ट ३२९२ वर्ष २०१९,२० का डिआरआर इलेक्ट रोट्याक्टर संजिव पौडेलले रोट्रयाक्टरहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको र यस किसिमको जोनल कट्सले धेरै मात्रामा टेवा पुगेको बताएका थिए । टे्रनिंग सेसनमा बोल्दै पौडेलले जोन ११ रोट्रयाक्ट डिष्ट्रिक्ट को एक मेरुदण्ड को रुपमा रुपमा रहेको र जोनल कट्स सफल भएकोमा शुभकामना समेत व्यक्त गरेका थिए ।

यसैगरी, जोन ११ का जेडआरआर प्रकाश शर्माले आफ्नो कार्यकालमा जोन ११ मा अत्यधिक मात्रामा नयाँ रोट्रयाक्टरहरु उत्पादन गर्ने मुख्य लक्ष्य रहेकोले रोट्रयाक्टको गरिमा तथा महत्वलाइ बचाउन क्षमतावान नयाँ रोट्रयाक्टरहरुको वृद्धिले महत्वपूर्ण भूमिका खेल्ने भनाइ व्यक्त गरेका थिए ।

Karaiya Mai Notice Winter

नयाँ सदस्यहरुको सेसनमा करिब १० मिनेट समय लिएका शर्माले मान्छेहरु आफ्ना आवश्यकता अरुबाट पूरा गर्ने सोच रहेकोले मान्छेहरु सक्षम नहुने भन्दै रोट्रयाक्टको प्लेटफर्म मात्र एक सक्षम क्षमतावान् र लिडरसीप स्कील विकास गर्ने मार्ग रहेकोले १८ देखि ३० वर्षका युवा रोट्रयाक्टरले आफ्नो लागि आफैले कार्य सम्पादनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

हाल जोन ११ अन्र्तगत १२ वटा रोट्रयाक्ट क्लबहरु रहेको छन् ।

रोट्रयाक्ट क्लब अफ बुटवल , रोट्रयाक्ट क्लब अफ भैरहवा ,रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी, रोट्याक्ट क्लब अफ पाल्पा तानसेन, रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेज, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी ,रोट्रयाक्ट क्लब अफ कपिलवस्तु, रोट्रयाक्ट क्लब अफ कपिलवस्तु मिडटाउन, रोट्रयाक्ट क्लब अफ तिलोक्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ बुद्धभूमि ,रोट्रयाक्ट क्लब अफ धनगढी रहेका छन ।

हाल रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ मा वर्ष १९,२० को डिआरआर का रुपमा रोट्रयाक्टर स्नेहा शाक्यले हाँकीरहेकी छन ।

उनि रोट्रयाक्ट इतिहासमा नै पहिलो महिला डिआरआर समेत बनेकी छन् । उनले आफनो कार्यकालमा सक्षमता र साझेदारी भन्ने डिआरआर थिम लिएर कार्य सम्पादन गरिरहेकी छन् ।

हरेक व्यक्ति परिवार संघ संस्थाहरु पहिले सक्षम हून आवश्यक रहेको तथा तत्पश्चात् अन्य संस्थाहरु प्रति साझेदारीता हूने हूनाले त्यसको लागि असल मार्ग रोट्रयाक्ट प्लेटफर्म रहेको बताएकी छन् । यता जोन ११ भने रोट्रयाक्टर प्रकाश शर्माले हाँकीरहेका छन् उनी वर्ष २०१९,२० का लागि सर्वसम्मत रुपमा चयन भएका थिए ।

हाल रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्र्तगत १३ वटा जोन र करिब १२६ माथि क्लब रहेका छन् । उक्त कार्यक्रमा जोन ११ का १२ बटा क्लब का करिब १ सय ६२ जना भन्दा बढिको सहभागिता रहेको थियो कार्यक्रमको स्वागत दिनेश गैरे तथा धन्यवाद ज्ञापन मधू भट्टराइ दिएका थिए भने कार्यक्रमको संचालन जोन ११ का जेडएस किरण न्यौपानेको रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश