CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ईलाका प्रहरी कार्यालय रानीको नव निर्माण हुने भवनको शिलान्याश

ईलाका प्रहरी कार्यालय रानीको नव निर्माण हुने भवनको शिलान्याश

फेटा GP PSA
600
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर

Karaiya Mai Notice Winter

ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिहान एक बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालले बिधिवत रुपमा शिलान्याश गर्नु भएको हो । पुरानो भवन जिर्ण भई दैनिक काम कारवाहीमा कठिनाई भएको अबस्थामा प्रहरी प्रधान कार्यालयले UNOPS को सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा, ७ करोडको कुल लागतमा सुबिधा सम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।
भवनको शिलान्याश पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भवन मात्र सबै चिज नभई भवनबाट प्रवाह हुने सेवा सबै भन्दा ठुलो र भवनको महत्व भन्दा पनि भवनबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व बढी हुने तथा प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसवाट प्रवाह हुने सेवाको स्तरमा बृद्धी गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै वहाँले तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफु बिश्वस्त रहेको बताउदै सम्बन्धीत निर्माणकर्तालाई सम्झौता बमोजिमकै समय र मापदण्डमा निर्माण सम्पन्न गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले जव सम्म कानून कार्यान्वयनको विकाश हुँदैन तव सम्म मानव सभ्यताको विकाश नहुने हुँदा समाजमा शान्ति सुरक्षाको विकाश गर्न र सभ्यताको विकाशमा पहिलो अवश्यकता भनेको प्रहरी/सुरक्षा रहेको बताउँदै प्रहरी प्रबिधी मैत्री र सुबिधा सम्पन्न हुनुको बिकल्प नरहेको बताउनु भयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधीकारीहरु, स्थानीय जनप्रतनिधीहरु, स्थानीय नागरीक, समाजसेवी, ब्यापारी, संचारकर्मी लगायत १०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश