CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चोरीको तथा बिल भंदा बढीको लत्ता कपडा बरामद, भन्सार तथा राजस्वमा पठाइयो

फेटा GP PSA
690
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा :

बारा प्रहरीले शुक्रबार सिम्रौनगढ नगरपालिका ११ भगवानपुको घरमा छपामारी गर्दा भन्सार छली गरि नेपाल भित्र्याइएका कपडाहरु बरामत गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतबाट राम नन्द जैसवालको छोरा संजय जैसवालले भारतबाट भंसार छली चोरी पैठारी गरी विभिन्न किसिमका लत्ता कपडा नेपाल भित्राई आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा अवैधरुपले तस्करी गरी नेपाल भित्र्याइएको ३९ लाख ४६ हजार बराबरको कपडा बरामत गरिएको बारा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि जनाएको छ।

‘जयसवालले पहिलादेखि नै  प्रहरीको आँखा छल्दै भन्सार छली गरेको कपडाहरु घरमा ल्याएर भण्डारण गर्दथे,’ पत्रकार सम्मेलनमा खनालले भने, ‘ जयसवालको गतिविधिलाई निगरानी गर्दा घरमै भण्डारण गरिएको भन्सार छलीको ३९ लाख भन्दा बढिको लत्ताकपडा बरामद भएको छ।’

घरमा राखिएको तस्करीको कपडा बरामत गर्न प्रहरी उनको घर पुग्दा  जैसवालले घर छोडेर भागेको प्रहरी उपरीक्षक खनालले बताए।

Karaiya Mai Notice Winter

यहि कार्तिक ७ गते करिब साझ ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले निज संजय जैसवालको घर रितपुर्वक खानतलासी गर्दा विभिन्न किसिमका कपडा (साडी, सुटिङ सर्टिङ कपडा, कुर्ता सुरुवाल, थान कपडा, लहंगा, गम्छा, बच्चाको कपडा ईत्यादी) फेला पारी बरामद गरी ल्याई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाउने तयारी भईरहेको जनाएका छन् । 

त्यस्तै

बिल भन्दा बढी सामान लोड भएको ट्रक राजश्व कार्यालयमा पठाईएको

यहि कार्तिक ८ गते बिहान अ.०१:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा वडा नं.७ स्थित जितपुर सडकमा बिरगंजबाट काठमाण्डौ तर्फ जान लागेको ना.४ ख.६५६ नं.को ट्रकलाई रोकी चेकजाच गर्ने क्रममा उक्त ट्रकमा बिल भन्दा बढी किराना सामान, कपडा लोड गरी ल्याएको अवस्थामा फेला पारी उक्त मालसामान सहित ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया, बारामा पठाईएको जनाएका छन् । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश