CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मौसम परिवर्तन भएपछि ठाउँ ठाउँमा आगो बाल्दै मिर्चैया प्रहरी

फेटा GP PSA
663
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । सिरहामा मौसम परिवर्तन भएपछि जनजीवन प्रभावित भएका छन । एक्कासी बढेको चिसो हावा वहदा कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेका छन । अचांक मौसममा परिवर्तन भएपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने सर्वसधारण लाई बढी प्रभावित भएको छ ।

शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेको छ । सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएको भन्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाले ठाउँ ठाउँमा आगो बाल्न सुरु गरेको हो । घरबाट निश्किए पछि चिसोबाट जोगिन चोकहरूमा आगो ताप्ने वातावरण मिलाइएको ईलाका प्रहरी मिर्चैयाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विगतका वर्षका तुलनामा यस वर्षको जाडो याममा वातावरणीय असन्तुलनका कारण गर्मीको महशुस गरिरहेका स्थानीयले एक्कासी चिसोको महसुश गर्नुपरेको हो । एक हप्ता देखि जाडो बढेपछि स्थानीयहरु चोकःचोकमा आगो बालेर बस्न थालेका छन् । माघको मध्य समयमा आएर एक्कासी चिसो बढ्दा विशेष गरेर बृद्धबृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् ।
चिसो छल्न सिरहाका आसपासका बासिन्दाहरु ग्रामीण क्षेत्रमा घर अगाडि र चोकचोकमा आगो बालेर बसेको दृष्यहरु सहजै हेर्न सकिन्छ । यसवर्षकै सबैभन्दा चिसोको महसुश भएको सिरहाको मिर्चैयामा रहेको श्री गणेश समाज सेवाका सदस्य विनोद कुमार साहले बताएका छन ।
स्थानिय समाजसेवी प्रदिप कुमार साहको अनुसार तापक्रम अस्थिर बन्दै ओरालो झर्ने क्रममा रहेकाले अत्यधिक चिसो बढ्दै गएको अनुभव हुनुका साथै जनजीवन कष्टकर बन्दै गइरहेको उनको भनाइ छ । सिरहामा एक हप्ता देखि घाम लागेको छैन । बाक्लो हुस्सु र पश्चिमी चिसो हावासँगै जाडो बढेर समय काट्न सर्वसाधारणलाई मुस्किल पर्न थालेका साहले बताए ।

त्यसै गरि सिरहा,चोहेर्वा,गोलबजार,लहान,सुख्खिपुुर,बरियारपट्टी,विष्णुपुर,कल्यणपुर,मिर्चैया सहित ठाउँँमा पानी परेपछि र चिसो हब्बाले अचानकबढेको चिसोले ,जनजीवन प्रभावित भएको हो । चिसोको कारण न्यानो कपडा पसलहरुमा भिड लाग्न थालेको र अस्पतालमा रुघाखोकी ,निमुनिया, ज्वरो,दमको विरामिको चाप वधेका देखिएको छ । सर्वसधारण आगो तापेर बस्न थालेका छन , यता एक्कासी बढेको चिसोको कारण जनजिवन तथा सर्वसाधारण गरिब ,विप्पन वस्ती टोल चौक चौराहामा लागोको व्यवस्थाको लागी दाउरा नगरपालिका,गाउँपालिका तथा डिभिजन वन कार्यालय सिरहा तथा सम्वन्धित सरोकारवालाहरुलाई परिपत्र गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
बालबालिका, वृद्धवृद्धा, विपन्न र सुकुम्बासी बस्तीहरुमा स्थानीय तहसँग समन्वय गरेर न्यानो कपडा वितरणको काम पनि थालिने बताउँदै प्रजिअ अधिकारीले त्यसका लागि तयारी अवस्थामा रहन सबैलाई आह्वान गरिसकिएको जानकारी दिए । उनले चिसोबाट मानविय क्षति हुन नदिन सबैमा आह्वान पनि गरिसकिएको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश