CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उद्योग वाणिज्य संघ लेटाङ्गमा लोकतान्त्रीक पक्षको प्यानलै विजयी

उद्योग वाणिज्य संघ लेटाङ्गमा लोकतान्त्रीक पक्षको प्यानलै विजयी

फेटा GP PSA
690
सिम्रौन्गढ़ नपा psa

मोरङ

उद्योग वाणिज्य संघ लेटाङ्गको२३अौं वार्षिक साधरण सभा एवं निर्वाचनमा महासचिव वाहेक लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ (सानु)को पुरै प्यानल नै विजयी भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् । संयोजक राईका अनुसार उहाँका निकटतम प्रतिद्वन्दि मित्र प्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए । यसै गरि वरिष्ट उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विस्वास विजय हुनुभएको छ ।उहाँका प्रतिद्वन्दी गजेन्द्र ठकुरीले २००मत मात्र प्राप्त गर्नुभयो ।

महासचिवमा फरक समुहका नेत्र निरौला २१९ मत प्राप्त गरी विजय हुनुभएको छ भने अर्का प्रतिद्वन्दी ढक बहादुर श्रेष्ठले भने २१० मत प्राप्त गर्नुभयो । उद्योग सचिवमा विजयी कुबेर पौडेलले २२४ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्वन्दी टेक बहादुर श्रेष्ठ (उमेश) ले भने १९२ मत प्राप्त गरेका छन्। साथै वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठले २२५ मत प्राप्त गर्नुभयो भने , प्रतिद्वन्दी गोविन्द कुमार चेम्जोङ्गले १८४ मत प्राप्त गरेको निर्वाचन संयोजक राईले जनाउनुभयो ।

यसै गरी समितीका अन्य सदस्यहरुमा निर्मल कुमार दाहाल २४० , मञ्जुला ठाकुर २४७ , दमयन्ती सुब्बा २६२ र हरिनारायण चौधरी २५४ मत ल्याएर विजयी भएका छन् ।

संघको निर्वाचनमा ५ जना भने सर्बसम्मतिले चयन भएका छन । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ , क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश