CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देविस्थान मावि इस्मा २ गुल्मीको स्वर्ण महोत्सव सुरु, पुर्व मन्त्री बिष्टद्धारा उद्घाटन

फेटा GP PSA
686
सिम्रौन्गढ़ नपा psa

गुल्मीको इस्मा गाउपालीका वडा नम्बर २को देविस्थान माविको स्वर्ण महोत्सव सुरु भएको छ ।

Karaiya Mai Notice Winter

महोत्सवको पुर्व श्रम रोगगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मंगलबार उद्घाटन गर्नुभएको छ ।स्वर्ण महोत्सवको उद्घाटन गर्दै बिष्टले शिक्षाको उज्यालोबाट कोहि पनि बालबालिका बञ्चित नहुने बताउनुभएको छ । उहाले सरकारले निशुल्क शिक्षाकै लागि थुप्रै योजनाहरु संचालन गरिरहेकोले पैसा नभएकै कारण बिद्यालय जान नपाउने स्थितीको अन्त्य भएको बताउनुभयो । बिष्टले अझै पनि त्यस्ता बालबालिका भए स्थानीय तहले तथ्यांक संकलन गरेर बिद्यालय भर्ना गर्ने व्यावस्था मिलाउन आग्रह गर्नुभयो । ‘कुनै पनि बाहाना बनाएर शिक्षाबाट बञ्चित गराएर बालबालिका घरमै राख्न पाइदैन,’उहाले भन्नुभयो,‘अहिले त्यस्ता अभिभावकलाई कारबाही गर्ने कानुनी व्यावस्था समेत रहेको छ ।’ साथै उहाले रकमको अभावमा मिटरबक्स खरिद गर्न नसकेर बिजुली बाल्न नपाएका परिवारलाई पनि निशुल्क मिटर वितरण भइरहेकाले अझै पनि त्यो अवस्था बिद्यमान रहे समस्या समाधान गर्न तीनवटै सरकार तयार भएको बताउनुभयो ।बिपन्न परिवारलाई सरकारले घर बनाउने कार्यक्रम समेत अगाडी बढाएकाले अब कोहि पनि घरबार बिहिन हुनु पर्ने अवस्था नभएको बताउनुभयो । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले स्र्रोत र साधनले सकेसम्म जनताको आधारभुत आवश्यकता स्थानीय तहबाटै समाधान गर्ने गरि अगाडी बढिरहेको बताउनुभयो । देविस्थान माविकोे स्वर्ण महोत्सव ३ फागुनसम्म संचालन हुने छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

औपचारिक रुपमा ०२६ सालमा स्थापना भएको देविस्थान माद्यामिक बिद्यालयमा तीन सय एक जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएको बिद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद मरासिनीले बताउनुभयो । स्वर्ण महोत्सवको लागि अहिलेसम्म ५६ लाख रकम संकलन भएको मरासिनीले बताउनुभयो । बिद्यालयको विकासको लागि स्थानीय फक्त बहादुर सारुले भवन निर्माणको क्रममा नौ लाख ५० हजार र महोत्सवको लागि एक लाख २१ हजार एक सय ११ सहयोग गरेका छन् ।स्वर्गीय शशिराम थापाको परिवारले पुस्तकालय निर्माणको लागि पाँच लाख एक हजार १६ रुपैयाँ, खडग रेश्मीले भवन निर्माणको लागि नौ लाख ५० हजार र महोत्सवको लागि एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको शिक्षक बाबुराम पन्थीले जानकारी दिनुभयो । बिद्यालयलाई सहयोग गर्ने बिभिन्न चन्दादाताहरुलाई कार्यक्रमका प्रमुख अतिथी गोकर्ण बिष्टले सम्मान गर्नुभएको थियो । स्वर्ण महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको प्रस्तुती, गाउँपालिका भित्रका मावि स्तरिय भलिवल र हाजिर जवाफ प्रतियोगीता संचालन ग रिने पन्थीले बताउनुभएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश