CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिस नेपाल–२०१९ को लागि आवेदन खुला

आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु

फेटा GP PSA
2,311
सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ//  आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।  आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । उनीहरुलाई मिस हङकङ, मिस ओशियाना, मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने आयोजकले जनाएको छ ।

‘द हिडन ट्रेजर’का अनुसार काठमाडौंसहित आठ शहरमा अडिसन हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ । यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।

अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ । ग्रान्ड फिनालेको भेन्यु भने अहिलेसम्म तय भइसकेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश