विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलद्वारा दुधेश्वरनाथ महादेव मन्दिरलाई चारवटा सिलिङ्ग पंखा हस्तान्तरण

वीरगंज - पर्सा जिल्लाको पटेवा सुगौली गाउँपालिका–१ मा अवस्थित श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठाधाम मन्दिरलाई बीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल…

बाराका नाकाहरूमा सशस्त्र प्रहरीको संलग्नतामा तस्करी मौलाउँदै

कलैया - बाराका विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीको संलग्नतामा दैनिक लाखौं रुपैयाँ बराबरको तस्करी भइरहेको खुलासा भएको छ। पिपरपाती र गोलागञ्ज नाका: सशस्त्र प्रहरी बलको पिपरपाती गुल्म तथा बीओपी गोलागञ्ज नाकाबाट अरबिन्द, भोला, दीपक,…

वीरगंजलाई दक्ष जनशक्ति उत्पादन गर्ने सहर बनाउन सामूहिक प्रयासको आवश्यकता – प्रमुख लामिछाने

वीरगंज - वीरगंजस्थित साउथ जोन सेकेन्डरी स्कूलमा मंगलबार विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ । स्कुलका प्रिन्सपल सराेज चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन  वीरगंज महानगरपालिका…

एक बुँद पानी मात्र होइन, भरोसा पनि जित्नुभयो खानेपानी मन्त्रि यादव – युवा नेता वसिम शेख

वीरगंज -वर्षौंदेखिको खानेपानीको समस्याबाट पीडित वीरगंज महानगरपालिका वडा नं. ७ का बासिन्दाहरूको घरघरमा अहिले नलको पानी बग्न थालेको छ। वसीम शेखको निरन्तर पहल र जनप्रतिनिधिहरूसँगको समन्वयमा खानेपानी मन्त्री माननीय प्रदीप यादवको सक्रिय सहयोगले…

युवा स्पोर्ट्स क्लब वीरगञ्जको नवगठित कार्यसमितिको पहिलो बैठक १० निर्णयसहित सम्पन्न

वीरगञ्ज, २९ असार । वीरगञ्जस्थित युवा स्पोर्ट्स क्लबको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक आज क्लबकै भवनमा सम्पन्न भएको छ। बैठकले १० महत्वपूर्ण निर्णय गर्दै क्लबको गतिविधिलाई अझ सशक्त बनाउने रणनीति तय गरेको छ। बैठकले क्लबद्वारा नियमित…

लम्कीचुहामा २९ करोडको खानेपानी आयोजना सुरु, मन्त्री यादवले गरे शिलान्यास

लम्कीचुहाँ – खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा…

मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगंजमा कृत्रिम पानी संकट विरुद्ध निगरानी तीव्र

वीरगंज — वीरगंज महानगरपालिकामा पछिल्ला दिनमा देखिएको पानीको चरम अभावलाई लिएर संघीय सरकार र नेपाल खानेपानी संस्थानले संयुक्त रूपमा समस्या समाधानका लागि युद्धस्तरमा काम गरिरहेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन्। मन्त्री यादवका…

कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, डेसिमल कलेज प्रथम स्थानमा

वीरगञ्ज— मधेश विश्व विद्यालयको आयोजनामा आज वीरगञ्जको श्रीपुरस्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वीरगंजका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरू — डेसिमल…

वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

वीरगञ्ज - खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गर्नु भएको छ । आज मन्त्री…

धोबिनी गाउँपालिकाका विवादित लेखापाल अकलेश सहनीमाथि कमिशन असुली र भ्रष्टाचारका गम्भीर आरोप,…

वीरगंज – पर्साको धोबिनी गाउँपालिकामा कार्यरत लेखापाल अकलेश सहनी विकास निर्माण कार्यको भुक्तानीमा कमिशन माग गर्दै आएको आरोप लागेको छ। प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि समेत भुक्तानी प्रक्रिया रोक्दै आएका सहनीले “कमिशन नफिक्स भएसम्म पैसा…

सगरमाथा एकेडेमीमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई सम्मान

वीरगञ्ज – वीरगञ्ज-१२ मा अवस्थित सगरमाथा एकेडेमीले नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विशेष सम्मानका साथ भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरेको छ। विद्यार्थी परिषद् निर्वाचन २०८२ अन्तर्गत जेठ २० गते सम्पन्न निर्वाचनमार्फत चयन…

पर्सा जिल्लाको गाउँ /गाउँमा जनमतपार्टीको लहर ,एकै वडाका सय भन्दा बढी युवा जनमतमा प्रवेश

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ अन्तर्गतको ग्रामीण क्षेत्र कुहडीमा एक भव्य कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १०० भन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनमत पार्टीका…

वीरगञ्जमा “समुदायमा सरकारी वकिल” कार्यक्रम सम्पन्न, विद्यार्थीहरूलाई कानुनी सचेतनामा…

वीरगंज - पर्सा जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा वीरगञ्जस्थित डेसिमल कलेजमा “समुदायमा सरकारी वकिल” शीर्षकको एक दिवसीय जागरूकता कार्यक्रम बुधबार सम्पन्न भएको छ। कलेजको कक्षा १२ मा कानुन संकायमा अध्ययनरत ८० जना विद्यार्थी सहभागी रहेको…

वीरगंज–११ मा वृक्षारोपण सम्पन्न

वीरगंज - वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुर र कब्रिस्तानमा शनिबार बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. ११ काे कार्यालयकाे संयाेजन र सिवांश…

सचेत युवाहरू जनमतमा: किरण चौरसिया र अनिल यादव पार्टीमा प्रवेश

वीरगञ्ज, अ – वीरगञ्ज महानगरपालिका–१६ (नगवा) का सक्रिय समाजिक अभियन्ता तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले आज जनमत पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका छन्। उनीहरूलाई जनमत पार्टीका नेता तथा मधेस प्रदेशका…

अमरपटी नाकामा पुनः चल्ला तस्करी, निकायहरू मौन

वीरगंज – केही समयदेखि रोकिएको भारतीय कुखुराको चल्लाको तस्करी पुनः सुरु भएको छ। पर्सा जिल्लाको अमरपटी नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याउने क्रम तीव्र बन्दै गएको छ, जुन एक महिनासम्म रोकिएको थियो। स्थानीय स्रोतका अनुसार सुरक्षाकर्मी तथा…

कलैयाका कर्मचारीमाथि फेल गराएको आरोप

वीरगंज - यातायात व्यवस्था कर्यालय कलैयाका एक जना कर्मचारीले जरबजस्ती ट्रायल परीक्षामा फेल गराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । बारा,कलैया–९ रामपुर बस्ने वर्ष २९ का अनिल साह कानुले यस्तो आरोप लगाएका हुन् । उनले असार ३ गते दिएको…

प्रसौनी नाकाबाट तस्करी यथावत्, स्थानीय प्रहरीको मिलोमतो खुलासा

वीरगंज - पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने प्रसौनीभाठा नाकाबाट हुँदै हुने तस्करी रोकिनुको सट्टा झनै बढ्दै गएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरूका अनुसार नूनदेखि सुनसम्मका सामाग्रीहरू उक्त नाकाबाट अवैध रूपमा भित्रिने गरेका…

सेटिङ’को दलदलमा डुब्यो वीरगंज यातायात कार्यालय: लाइसेन्समा मासिक करोडौंको घूस कारोबार, अख्तियार मौन

वीरगंज, पर्सा ।  मधेश प्रदेश सरकारको मातहतमा रहेको वीरगंजस्थित सवारी यातायात व्यवस्था कार्यालयमा खुल्ला रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेटिङमार्फत बिक्री हुने क्रम तीव्र बनेको छ। यो गम्भीर भ्रष्टाचारको उजागर भइरहँदा पनि अख्तियार…

मन्त्रीको आशीर्वादमा कुशेश्वर साहले वीरगंज यातायात कार्यालयलाई बनाए ‘घुसको अड्डा’, ट्रायल…

वीरगंज - मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन्। कार्यालय प्रमुख बनेको केही महिनामै उनले…

वीरगञ्जमा ट्राफिक सचेतना सप्ताह सुरु, दुर्घटना न्यूनीकरणमा जोड

वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। सात दिने कार्यक्रमको उद्घाटन जनचेतनामूलक प्रभातफेरीमार्फत गरिएको हो। प्रभातफेरी…

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा भव्य र्‍याली सम्पन्न

वीरगञ्ज । विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जले “स्वस्थ रहनुहोस्, साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ भव्य साइकल र्‍यालीको आयोजना गरेको छ। र्‍यालीमा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्ज, वीरगञ्ज साइकल क्लब,…

ब्राईट प्लस टु कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई प्रेरणादायी मोटिभेसनल तालिम

वीरगञ्ज - वीरगञ्जस्थित ब्राईट प्लस टु कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी तालिम सम्पन्न गरेको छ । वीरगञ्जको नगरसभा गृहमा आयोजित कार्यक्रममा विद्यार्थीलाई भविष्यको लक्ष्य…

डेसिमल कलेजको “फेयरवेल मीट एण्ड ग्रीट” कार्यक्रम सम्पन्न

बीरगञ्ज - डेसिमल कलेजले आज होटल क्लार्क रिसोर्टमा "फेयरवेल मीट एण्ड ग्रीट" शीर्षकमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता कलेजका डाइरेक्टर सन्नी दुबेले गरेका थिए भने प्रमुख अतिथिका…

बाराको पचगछियाबाट धडल्ल तस्करी, प्रहरी र सशस्त्रको मिलेमतो ?

बारा - सरकार लक्ष्यअनुसारको राजश्व संकलन गर्न असफल भइरहेको छ, र यसको मूल कारण सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी नै हो। आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा पनि राजश्व संकलन ऋणात्मक अवस्थामा पुग्नु सरकारका लागि चिन्ताको विषय बनेको छ।…

मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यसहित प्रहरी र जैन समाजको संयुक्त आयोजनामा तनाव…

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय बिर्ता पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा, तथा जैनस्वेताम्बर तेरापन्थी सभा…

डिआईजी ढकालको आगमनसँगै पर्सामा तस्करीको बृद्धि, प्रशासनको मिलेमतोमा खुल्ला तस्करी

वीरगंज – सशस्त्र प्रहरीका डिआईजी कालिदास धौवजी तस्करी नियन्त्रणमा कडा पहरेदारका रूपमा चिनिएका थिए। तर उनको सरुवापछि पर्सा जिल्लामा तस्करीको गतिविधि फेरि सक्रिय बन्दै गएको देखिएको छ। मधेस प्रदेशको सशस्त्र प्रहरी कमान्ड सम्हाल्न डिआईजी…

कलैया यातायात कार्यालयमा घुस र सेटिङको साम्राज्य: सवारी चालक अनुमतिपत्रको लागि खुला व्यापार

कलैया, बारा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि कानुनी प्रक्रिया भन्दा ‘सेटिङ’ र घुस मुख्य आधार बनेको छ । कलैयास्थित यातायात व्यवस्था कार्यालय अहिले भ्रष्टाचारको अखडामा रूपान्तरण भएको छ, जहाँ एकपटक अख्तियारको छानबिनमा…

जनमत पार्टी वीरगन्ज महानगर समिति द्वारा U24 कार्यक्रम सम्बन्धि भेला तथा होलि मिलन कार्यक्रम सम्पन्न

वीरगंज - जनमत पार्टी वीरगन्ज महानगर समिति द्वारा जिल्ला पार्टी कार्यालयमा U24 कार्यक्रम सम्बन्धि भेला तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ। केन्द्रिय सदस्य तथा वीरगंज महानगर पर्वेक्षक रम्भा मिश्रको अध्यक्षतामा सम्पन्न…