CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपन् राधेमाई युवा क्लव” द्वारा राधेमाइ मंदिरमा सरसफाई

फेटा GP PSA
1,570
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

आज असोज ०४ गते राधेमाई मन्दिरको प्राङ्गणमा “अपन् राधेमाई युवा क्लव” द्वारा सरसफाई कार्यक्रम गरिएको छ। पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थित अपन राधेमाई युवा क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सो क्लबका अध्यक्ष पवन यादवको अध्यक्षतामा राधेमाई मन्दिरको प्राङ्गण लगायत राधेमाई टोलको विभिन्न ठाउँमा सरसफाई गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्यक्रममा कोषाध्यक्ष नन्दलाल सराफ, सचिव विनय कुशवाहा, सहसचिव आर्यन यादव लगायत, यस क्लब का सम्पूर्ण सदस्य हरू धीरज पटेल, रुपेश चौरसिया, राजबाबु चौरसिया, राजीव, प्रितम गुप्ता, अभिषेक झा लगायतको उपस्थितिमा क्लब द्वारा सरसफाई कार्यक्रम प्रारम्भ गरिएको बताइएको छ। कार्यक्रमको सुरुवात गर्नुको साथ साथै राम्रो स्वच्छ सफा हराभरा राधेमाई बनाउने पहलका लागी अगाडी पनि बढ्दै गरिएको छ।

राधेमाई को विभिन्न ठाउँमा फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गर्दै आगामी दिनमा यो क्लब निरतन्तर जनता को सुख दुःखमा साथ रहिरहेको र पछि पनि रहिरहने प्रतिबद्ध रहेको क्लबका सदस्य मुकेश श्रीवास्तवले बताए। सधैं जनताको सहियोगका लागि हाम्रो क्लब उपस्थित रहेको भन्दै हामी नामको लागि नभएर कार्य गर्ने उदेश्यले क्लब खोलेको क्लबलको भनाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश